२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न गरेको छैन: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको बताउनुभएको हो ।

उहाँले दैनिक उपभोग्य वस्तुहरुको अन्धाधुन्ध रुपमा मूल्यवृद्धि भइरहेको बताउनु भयो । मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदापनि मूल्यवृद्धि भइरहेको भन्दै उहाँले यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा एकीकृत समाजवादीले संसद चल्दा संसदमा आवाज उठाइरहेको र संसद नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसरी अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । अन्धाधुन्ध भाउ एकैचोटी बढाउने । कुनै औचित्य छैन त्यसमा । थोरै थोरै बढाउनु त एउटा कुरा होला । त्यो बढाउँदा पनि कहीँ छलफल गर्नुपर्ने होला । तर जसरी आफ्नो हिसावले बढाउने काम भइरहेको छ, यस सन्दर्भमा सरकारको ध्यान हामीपनि आकर्षित गराउन चाहन्छौँ । संसद चल्दाखेरी संसदमा आवाज उठाउने हो । अरु बेलामा सरकारको ध्यान हामीले विभिन्न माध्यमबाट आकर्षित गर्ने हो ।’

अध्यक्ष नेपालले माईतीघर मण्डलामा आन्दोलनरत शिक्षकहरुको न्यायोचित र जायज मागहरु पूरा गर्नुपर्ने बताउनु भयो । उहाँले आवश्यक कुराहरु विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘शिक्षक संगठनहरुको सहमति भइसकेको छ । कतिपय कुरा अझैपनि अपुग भयो भन्ने कुरा उठेका छन् । यि सबै कुराहरुको बारेमा सरकारको ध्यान आकर्षित हुनुपर्दछ । सबै न्यायोचित मागहरु, जायज मागहरु पूरा गर्ने सन्दर्भमा विधेयकमा मिलाउनुपर्ने कुरा छन् भने विधेयकमा मिलाएर, अरु नीतिमा मिलाउनुपर्ने कुरा छ भने नीतिमा मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्छ ।’

अध्यक्ष नेपालले पार्टीको समाजवादी जागरण अभियान अन्तर्गत पार्टी संगठनलाई परिचालित र संगठित गर्दै जनताको कुरा सुन्ने बताउनु भयो ।