![](https://newspolar.com/wp-content/uploads/2023/09/IMG_20230927_181025-scaled.jpg)
काठमाडौं । काठमाडौंमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल र भारतबीचको खेल जारी छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा भारतले खेलमा १-० गोलको अग्रता लिएको छ ।
खेलको २६ औं मिनेटमा शाहिल खुर्सिदले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् ।
खेलमा नेपालले केही मुभ बनाएपनि गोल गर्न सकेको छैन ।