४ भाद्र २०८३, बिहीबार
,
Latest
संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नेप्से परिसूचक सात अङ्कले बढ्यो महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपका लागि भारत आउन भिसा कुर्दै पाकिस्तान क्रिकेट टिम



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकपमा भाग लिने पाकिस्तानी क्रिकेट टोली र यसका अधिकारीहरू अझै पनि भारतबाट भिसाको पर्खाइमा छन् ।

पाकिस्तानी टोली सेप्टेम्बर २७ मा दुबई हुँदै भारत पुग्नुपर्नेछ । बाबर आजमको नेतृत्वमा रहेको टोलीले दुई दिनपछि सेप्टेम्बर २९ मा न्यूजिल्याण्डसँग पहिलो अभ्यास खेल खेल्ने छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) स्रोतका अनुसार खेलाडीहरू इस्लामाबादस्थित भारतीय उच्चायोगबाट भिसाको लागि पर्खिरहेका छन्, जसका कारण उनीहरूको दुबई जाने योजना रद्द गरिएको छ । पीसीबीले यो मामिला आईसीसीसँग उठाएको पनि स्रोतले बताएको छ ।

पाकिस्तानी टोलीले पछिल्लो पटक २०१६ को टी–२० विश्वकपमा भारत भ्रमण गरेको थियो । पाकिस्तानले आईसीसी टूर्नामेन्ट वा एसिया कपमा मात्रै भारतसँग सामना गर्छ ।