३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१९ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपालले बिहीवारदेखि शुरु हुने साफ यू–१९ च्याम्पियनसिपको पाँचौं संस्करणमा घरेलु मैदानको फाइदा लिँदै उपाधि जित्ने लक्ष्य राखेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रतियोगिता अगाडि बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली युवा टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले तयारी राम्रो भएको र घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन दिने बताउनु भयो । सबै खेलाडी मिहिनत गरेको र घरेलु मैदानमा हुने च्याम्पियन अवसरको रूपमा समेत लिएको प्रशिक्षक श्रेष्ठको भनाइ छ ।

पत्रकार सम्मेलनमा ६ मध्ये पाँच टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए । पाकिस्तान भने नेपाल आइनपुगेका कारण कार्यक्रममा उपस्थित भएन । भारत यो प्रतियोगिताका लागि सन् २०२१ देखि नै तयारी गर्दै आइरहेको छ । खेलाडीहरूलाई ट्रायलमार्फत छनोट गर्दै उनीहरूलाई साफका लागि दुई वर्षदेखि प्रशिक्षण गरिरहेको जनाएको छ । साथै साफ नजिकिएपछि साउदी अरेबिया गएर बन्द प्रशिक्षण गरेको थियो । काठमाडौं आउनुअघि साउदीमा दुई अभ्यास खेल खेलेको र दुवैमा जित प्राप्त भएको भारतीय टोलीले जनाएको छ ।

भारतीय यू–१९ टोलीका प्रशिक्षक शुभेन्दु पान्डा पर्याप्त प्रशिक्षण गर्न पाएकाले सुखद् नतिजा आउनेमा आशावादी रहेको बताउनु भयो । दुई वर्षदेखि नै टोली निर्माणका लागि समय बिताएको र देशभरबाट छनोट गरिकाले यो टोलीले राम्रो नतिजा दिने भारतीय प्रशिक्षक शुभेन्दुको विश्वास छ ।

यू–१९ च्याम्पियनसिपको पाँचौ संस्करणसम्म आइपुग्दा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् । नेपालबाटै शुरु भएको यो उमेरसमूहको च्याम्पियनसिमा नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो । २०१५ मा काठमाडौंमा सम्पन्न पहिलो संस्करणमा विमल घर्तिमगरको कप्तानीमा नेपालले उपाधि जितेको थियो । त्यसको दुई वर्षपछि भुटानको थिम्पुमा नेपालले दोस्रो उपाधि जित्यो । यद्यपि, त्यो यु–१८ साफ च्याम्पियनसिप हो ।

अर्पण कार्कीको नेतृत्वमा नेपाल पाँच टोली सहभागी प्रतियोगितामा च्याम्पियन भएको थियो । सिंगल राउण्ड रोबिन पद्धतिमा अंकतालिकाको शीर्ष स्थानमा रहँदै लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । तेस्रो संस्करण २०१९ मा नेपालले नै आयोजना गरेको थियो । तर, यू–१९ साफ च्याम्पियनसिपमा नेपालले समूहचरण पनि पार गर्न सकेन । पछिल्लो संस्करण २०२२ मा यू–१९ साफ च्याम्पियनसिप भारतले आयोजना गर्यो । तर, आयुष घलानको कप्तानी रहेको नेपालले यस उमेरसमूहमा पनि राम्रो नतिजा ल्याउन सकेन ।

सिंगल राउण्ड रोबिन पद्धतिका आधारमा भएको उक्त च्याम्पियनसिपमा नेपाल तेस्रो स्थानमा खुम्चियो । यस पटक भने नेपाल यू–१९ उमेरसमूहको च्याम्पियनसिपमा घरेलु मैदानको फाइदा उठाउँदै सुखद नतिजा ल्याउने लक्ष्यमा छ । माल्दिभ्सका मुख्य प्रशिक्षक ऐहमद शाकिरले पनि ९० प्रतिशत घरेलु लिग खेलेका खेलाडी रहेको र पछिल्लो २८ दिनको प्रशिक्षणबाट सक्दो राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

यस च्याम्पियनसिपमा बंगलादेशलाई पनि दाबेदार टोलीका रूपमा हेरिएको छ । बंगलादेशका प्रशिक्षक रसिद अहमदले तयारीका लागि कम समय पाएपनि यसपटक फाइनल पुग्ने लक्ष्य रहेको बताउनुभएको छ ।

यस च्याम्पियनसिपमा सहभागी ६ टोलीमध्ये पाँच राष्ट्रका कप्तानहरूले प्रतियोगिताका लागि उत्साहित रहेको र अहिले पहिलो खेलमा केन्द्रित रहने बताउनु भयो । नेपालले बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिष्पर्धा गर्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसअघि उद्घाटन खेलमा दिउँसा भारत र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ ।

नेपाल यस च्याम्पियनसिपमा समूह ‘ए’ मा छ । यो समूहमा पाकिस्तान र माल्दिभ्स छन् । अर्को समूह ‘बी’ मा विजेता भारत, साबिक उपविजेता बंगलादेश र भूटान छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालको पहिलो लक्ष्य समूहमा शीर्ष स्थान ओगट्दै सेमिफाइनलमा बलियो दाबेदारी प्रश्तुत गर्ने हुनेछ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा भारत, भूटान र बंगलादेश छन् । नेपालको कप्तानी गोलकिपर जियारथ शेखले गर्नेछन् ।