५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवस: परिवर्तनको लागि संघर्ष गरेका क्रान्तिकारीहरू पनि बहकिए- रामकुमारी झाँक्री



अ+ अ-

काठमाडौँ । नेकपा ९एकीकृत समाजवादी० की नेत्री रामकुमारी झाँक्रीले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु हाम्रो कर्तव्य भएको बताउनुभएको छ ।

२००७ सालदेखि सुरु भएको पूँजीवादी क्रान्ति विभिन्न आन्दोलन, सशस्त्र युद्ध र शान्तिपूर्ण जनविद्रोहबाट २०६२/६३ सालको ऐतिहासिक जनक्रान्तिसम्म आइपुग्दा नेपाली समाजको पूँजीवादी क्रान्तिको युग पनि पूरा भएको उल्लेख गर्दै उहाँले यिनै क्रान्तिका उपलब्धिलाई २०७२ सालमा आजकै दिन संस्थागत गर्न जारी गरिएको मूल दस्तावेज नै संविधान भएको बताउनुभएको छ ।

प्रतिक्रान्तिकारीहरूले क्रान्तिका उपलब्धिलाई अवमूल्यन गर्दै, यो केही होइन, के भयो र ? अझै बिग्रियो, हामीले के पायौँ ?जनताले के पाए ? गणतन्त्रले के दियो ? यो संविधानले के दियो ? सबै उस्तै त हुन्, सयौँ राजा बने भन्ने जस्ता भाष्य खडा गरेका छन् भन्दै उहाँले भन्नुभएको छ, “कतिपय बेला यो परिवर्तनको लागि संघर्ष गरेका क्रान्तिकारीहरू पनि बहकिएको देखिन्छ। उतै लोलीमा बोली मिलाउन खोज्छन। तर हामी सचेत बनौँ। क्रान्तिका उपलब्धिको रक्षा र विकासका लागि बामपन्थि शक्तिहरू एकताबद्ध हुनु आवश्यक छ। बाम– लोकतान्त्रिक शक्तिहरूले मिलेर प्रतिस्पर्धामा काम गर्नुपर्छ। तब मात्र जनताले फरक अनुभूति गर्ने गरी काम गर्न सकिन्छ।”

परिवर्तनकामी हामी राजनीतिक दल र हाम्रा गलत अभ्यासले संवैधानिक संकटको स्थिति सिर्जना नहोस भन्ने कुरामा सचेत बन्नुपर्छ भन्दै नेत्री झाँक्रीले संविधान गतिशील र परिवर्तनशील दस्तावेज हो भन्ने कुरालाई स्वीकार गर्दै प्रभावकारी कार्यान्वयनका लागि सबैले संकल्प गर्न आग्रह गर्नुभएको छ ।