२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपः पाकिस्तान र श्रीलंकाबीचको खेलको विजेताले उपाधिका लागि भारतसँग भिड्ने



अ+ अ-

एजेन्सी । मंगलबार भएको सुपर फोरको खेलमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गर्यो । यो जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ । पाकिस्तान र श्रीलंकालाई हराएको भारतले अब सुपर फोर चरणको अन्तिम खेल सेप्टेम्बर १५ मा बंगलादेशसँग खेल्नेछ ।

भारतको जितसँगै बंगलादेशको यात्रा समाप्त भएको छ । सेप्टेम्बर १५ मा भारतसँगको खेल उसका लागि औपचारिकता मात्र हो । फाइनल खेल्ने एक टोलीको टुंगो लाग्दा अर्कोतर्फ भने दुई टोलीबीच कडा भिडन्त हुने भएको छ । पाकिस्तान र श्रीलंकाबीचको विजेताले उपाधिका लागि भारतसँग भिड्ने भएका हुन् ।

बिहीबार आर प्रेमदासा मैदानमा पाकिस्तान र श्रीलंका भिड्नेछन् । यो खेल नकआउट हुनेछ । किनभने हार्ने टोलीको एसिया कपको यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

यदि वर्षा भयो र खेल रद्द भयो भने, राम्रो नेट रन रेटका कारण श्रीलंकाको टोली फाइनलमा पुग्नेछ । यस्तो अवस्थामा पाकिस्तानी फ्यानहरूले त्यस दिन पानी नपरोस् भनेर प्रार्थना गर्नेछन् ।

यस प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १७ मा कोलम्बोको आर प्रेमदासा रंगशालामा हुनेछ । यस खेलका लागि सेप्टेम्बर १८ लाई रिजर्भ डे राखिएको छ । विश्वकपअघिको तयारीका लागि यो प्रतियोगिता महत्वपूर्ण मानिएको छ । भारतीय टोलीले सर्वाधिक सात पटक (ओडीआई–टी२०) एसिया कपको उपाधि जितेको छ । यस्तै, श्रीलंकाले ६ पटक (ओडीआई–टी२०) र पाकिस्तानले २ पटक उपाधि जितेका छन् ।