२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपः पाकिस्तान र श्रीलंकाबीचको खेलको विजेताले उपाधिका लागि भारतसँग भिड्ने



अ+ अ-

एजेन्सी । मंगलबार भएको सुपर फोरको खेलमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गर्यो । यो जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ । पाकिस्तान र श्रीलंकालाई हराएको भारतले अब सुपर फोर चरणको अन्तिम खेल सेप्टेम्बर १५ मा बंगलादेशसँग खेल्नेछ ।

भारतको जितसँगै बंगलादेशको यात्रा समाप्त भएको छ । सेप्टेम्बर १५ मा भारतसँगको खेल उसका लागि औपचारिकता मात्र हो । फाइनल खेल्ने एक टोलीको टुंगो लाग्दा अर्कोतर्फ भने दुई टोलीबीच कडा भिडन्त हुने भएको छ । पाकिस्तान र श्रीलंकाबीचको विजेताले उपाधिका लागि भारतसँग भिड्ने भएका हुन् ।

बिहीबार आर प्रेमदासा मैदानमा पाकिस्तान र श्रीलंका भिड्नेछन् । यो खेल नकआउट हुनेछ । किनभने हार्ने टोलीको एसिया कपको यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

यदि वर्षा भयो र खेल रद्द भयो भने, राम्रो नेट रन रेटका कारण श्रीलंकाको टोली फाइनलमा पुग्नेछ । यस्तो अवस्थामा पाकिस्तानी फ्यानहरूले त्यस दिन पानी नपरोस् भनेर प्रार्थना गर्नेछन् ।

यस प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १७ मा कोलम्बोको आर प्रेमदासा रंगशालामा हुनेछ । यस खेलका लागि सेप्टेम्बर १८ लाई रिजर्भ डे राखिएको छ । विश्वकपअघिको तयारीका लागि यो प्रतियोगिता महत्वपूर्ण मानिएको छ । भारतीय टोलीले सर्वाधिक सात पटक (ओडीआई–टी२०) एसिया कपको उपाधि जितेको छ । यस्तै, श्रीलंकाले ६ पटक (ओडीआई–टी२०) र पाकिस्तानले २ पटक उपाधि जितेका छन् ।