३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपमा भारत र श्रीलंका १९ औं पटक आमनेसामने हुँदै, कसको पल्ला भारी ?



अ+ अ-

एजेन्सी । एसिया कप २०२३ को सुपर–४ चरणको चौथो खेल आज भारत र श्रीलंकाबीच हुँदैछ । खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । टस दिउँसो २ः४५ बजे हुनेछ ।

दुवै टोली एसिया कपको एकदिवसीय ढाँचामा १९ औं पटक आमनेसामने हुनेछन् । अन्तिम पटक यी दुई टोली २०१४ मा भिडेका थिए । १९ औ पटकको भिडन्तमा श्रीलंकाले १० खेल जित्दा भारतले ९ खेल जितेको छ ।

सुपर–४ चरणमा भारतको यो दोस्रो खेल हो । टोलीले सोमबार पहिलो खेलमा पाकिस्तानलाई २२८ रनले पराजित गरेको थियो । अर्कोतर्फ सुपर–४ को पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई २१ रनले पराजित गरेको थियो ।

हेड टु हेड
भारत र श्रीलंकाबीच कुल १६५ ओडीआई खेल खेलिएको छ । भारतले ९६ खेल जितेको छ भने श्रीलंकाले ५७ खेल जितेको छ । ११ खेलको नतिजा आएको छैन भने एक खेल बराबरी भएको छ ।

मंगलबार कोलम्बोमा पानी पर्ने सम्भावना ८४ प्रतिशत छ । तापमान २४ देखि ३० डिग्री सेल्सियस सम्म हुन सक्छ । स्पिनरहरूले यस स्टेडियमको पिचको अधिकतम फाइदा लिन्छन् । तर, सोही मैदानमा भारतले पाकिस्तानविरुद्ध ३५६ रन बनाएको थियो । वर्षाका कारण आउटफिल्ड सुस्त रहन्छ, त्यसैले आजको खेल कम स्कोरिंग हुन सक्छ । टस जित्ने टोलीले पहिले ब्याटिङ गर्न रुचाउनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
भारतः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल (विकेटकिपर), इशान किशन/श्रेयस अय्यर, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, जसप्रित बुमराह, शार्दुल ठाकुर, मोहम्मद सिराज र कुलदीप यादव ।

श्रीलंकाः दासुन शनाका (कप्तान), पाथुम निसान्का, दिमुथ करुणारत्ने, कुसल मेन्डिस (विकेटकिपर), सादिरा समाराविक्रमा, चारिथ असालान्का, धनञ्जय डी सिल्भा, डुनिथ भेलाल्गे, महिश तीक्षाणा, मथिश पथिराना र कासुन राजिता ।