५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपमा भारत र श्रीलंका १९ औं पटक आमनेसामने हुँदै, कसको पल्ला भारी ?



अ+ अ-

एजेन्सी । एसिया कप २०२३ को सुपर–४ चरणको चौथो खेल आज भारत र श्रीलंकाबीच हुँदैछ । खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । टस दिउँसो २ः४५ बजे हुनेछ ।

दुवै टोली एसिया कपको एकदिवसीय ढाँचामा १९ औं पटक आमनेसामने हुनेछन् । अन्तिम पटक यी दुई टोली २०१४ मा भिडेका थिए । १९ औ पटकको भिडन्तमा श्रीलंकाले १० खेल जित्दा भारतले ९ खेल जितेको छ ।

सुपर–४ चरणमा भारतको यो दोस्रो खेल हो । टोलीले सोमबार पहिलो खेलमा पाकिस्तानलाई २२८ रनले पराजित गरेको थियो । अर्कोतर्फ सुपर–४ को पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई २१ रनले पराजित गरेको थियो ।

हेड टु हेड
भारत र श्रीलंकाबीच कुल १६५ ओडीआई खेल खेलिएको छ । भारतले ९६ खेल जितेको छ भने श्रीलंकाले ५७ खेल जितेको छ । ११ खेलको नतिजा आएको छैन भने एक खेल बराबरी भएको छ ।

मंगलबार कोलम्बोमा पानी पर्ने सम्भावना ८४ प्रतिशत छ । तापमान २४ देखि ३० डिग्री सेल्सियस सम्म हुन सक्छ । स्पिनरहरूले यस स्टेडियमको पिचको अधिकतम फाइदा लिन्छन् । तर, सोही मैदानमा भारतले पाकिस्तानविरुद्ध ३५६ रन बनाएको थियो । वर्षाका कारण आउटफिल्ड सुस्त रहन्छ, त्यसैले आजको खेल कम स्कोरिंग हुन सक्छ । टस जित्ने टोलीले पहिले ब्याटिङ गर्न रुचाउनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
भारतः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल (विकेटकिपर), इशान किशन/श्रेयस अय्यर, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, जसप्रित बुमराह, शार्दुल ठाकुर, मोहम्मद सिराज र कुलदीप यादव ।

श्रीलंकाः दासुन शनाका (कप्तान), पाथुम निसान्का, दिमुथ करुणारत्ने, कुसल मेन्डिस (विकेटकिपर), सादिरा समाराविक्रमा, चारिथ असालान्का, धनञ्जय डी सिल्भा, डुनिथ भेलाल्गे, महिश तीक्षाणा, मथिश पथिराना र कासुन राजिता ।