२ माघ २०८१, बुधबार
,
Latest
अभियन्ता आशिका तामाङ पक्राउ सूर्योदय नगरपालिकामा शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’ काठमाडौं महानगरले प्रदेश सरकारलाई राजश्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको कानूनमन्त्री लामिछानेको गुनासो कति सिकियो त भूकम्पले सिकाएको पाठ? सभापति देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्ने कंगनाको फिल्म ‘इमर्जेन्सी’लाई बंगलादेशमा प्रतिबन्ध लगाइयो पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको मर्क्युर होटेल उद्घाटन अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहली र राहुलको शतकमा भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतले पाकिस्तानलाई विशाल रनको लक्ष्य दिएको छ । कोलम्बोस्थित आर प्रेमदासा मैदानमा जारी खेलमा भारतले ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन जोडेको हो ।

भारतका लागि विराट कोहली र केएल राहुलले शतकीय इनिङ्स खेले । कोहली ९४ बलमा १११ रनसहित अविजित रहे भने १०६ बल खेलेका राहुल १११ रनमा अविजित रहे ।

विराट कोहलीले आफ्नो एकदिवसीय क्रिकेटको ४७ औं शतक बनाए । उनी सबैभन्दा छिटो १३ हजार रन बनाउने क्रिकेटर समेत बनेका छन् । कोहलीले ८५ बलमा शतक बनाएका हुन् । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

सचिन तेन्दुलकरको नाममा सो रेकर्ड थियो । सचिनले ३२१ इनिङ्समा १३ हजार रन पुरा गरेका थिए ।

यति मात्र होइन, कोहली एकदिवसीयमा १३ हजार रनको आँकडा छुने विश्वका पाँचौं ब्याट्सम्यान बनेका छन् । सचिनपछि यस्तो गर्ने उनी दोस्रो भारतीय ब्याट्सम्यान हुनेछन् । सचिनले ४६३ खेलमा १८ हजार ४२६ रन जोडेका छन् ।

त्यसअघि आइतबार भएको खेलमा रोहित शर्माले ५६ र शुभमन गिलले ५८ रन जोडेका थिए । आइतबार वर्षाका कारण खेल हुन नसकेपछि आज रिजर्भ डेमा खेल भएको हो ।