७ भाद्र २०८३, आईतवार
,
Latest
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहली र राहुलको शतकमा भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतले पाकिस्तानलाई विशाल रनको लक्ष्य दिएको छ । कोलम्बोस्थित आर प्रेमदासा मैदानमा जारी खेलमा भारतले ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन जोडेको हो ।

भारतका लागि विराट कोहली र केएल राहुलले शतकीय इनिङ्स खेले । कोहली ९४ बलमा १११ रनसहित अविजित रहे भने १०६ बल खेलेका राहुल १११ रनमा अविजित रहे ।

विराट कोहलीले आफ्नो एकदिवसीय क्रिकेटको ४७ औं शतक बनाए । उनी सबैभन्दा छिटो १३ हजार रन बनाउने क्रिकेटर समेत बनेका छन् । कोहलीले ८५ बलमा शतक बनाएका हुन् । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

सचिन तेन्दुलकरको नाममा सो रेकर्ड थियो । सचिनले ३२१ इनिङ्समा १३ हजार रन पुरा गरेका थिए ।

यति मात्र होइन, कोहली एकदिवसीयमा १३ हजार रनको आँकडा छुने विश्वका पाँचौं ब्याट्सम्यान बनेका छन् । सचिनपछि यस्तो गर्ने उनी दोस्रो भारतीय ब्याट्सम्यान हुनेछन् । सचिनले ४६३ खेलमा १८ हजार ४२६ रन जोडेका छन् ।

त्यसअघि आइतबार भएको खेलमा रोहित शर्माले ५६ र शुभमन गिलले ५८ रन जोडेका थिए । आइतबार वर्षाका कारण खेल हुन नसकेपछि आज रिजर्भ डेमा खेल भएको हो ।