३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीको सबैभन्दा छिटो १३ हजार रन पूरा, ४७ औं शतक समेत बनाए



अ+ अ-

एजेन्सी । कोलम्बोको आर प्रेमदासा स्टेडियममा रिजर्भ डे अन्तर्गत एसिया कपमा भारत–पाकिस्तान सुपर–४ खेल हुँदैछ । पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि भारतले पहिलो दिन १४७र२ रन बनाएर सुरु गरेको थियो ।

यसैबीच विराट कोहलीले आफ्नो एकदिवसीय क्रिकेटको ४७ औं शतक बनाएका छन् । उनी सबैभन्दा छिटो १३ हजार रन बनाउने क्रिकेटर समेत बनेका छन् । कोहलीले ८५ बलमा शतक बनाएका हुन् । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

सचिन तेन्दुलकरको नाममा सो रेकर्ड थियो । सचिनले ३२१ इनिङ्समा १३ हजार रन पुरा गरेका थिए ।

यति मात्र होइन, कोहली एकदिवसीयमा १३ हजार रनको आँकडा छुने विश्वका पाँचौं ब्याट्सम्यान बनेका छन् । सचिनपछि यस्तो गर्ने उनी दोस्रो भारतीय ब्याट्सम्यान हुनेछन् । सचिनले ४६३ खेलमा १८ हजार ४२६ रन जोडेका छन् ।