२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीको सबैभन्दा छिटो १३ हजार रन पूरा, ४७ औं शतक समेत बनाए



अ+ अ-

एजेन्सी । कोलम्बोको आर प्रेमदासा स्टेडियममा रिजर्भ डे अन्तर्गत एसिया कपमा भारत–पाकिस्तान सुपर–४ खेल हुँदैछ । पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि भारतले पहिलो दिन १४७र२ रन बनाएर सुरु गरेको थियो ।

यसैबीच विराट कोहलीले आफ्नो एकदिवसीय क्रिकेटको ४७ औं शतक बनाएका छन् । उनी सबैभन्दा छिटो १३ हजार रन बनाउने क्रिकेटर समेत बनेका छन् । कोहलीले ८५ बलमा शतक बनाएका हुन् । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

सचिन तेन्दुलकरको नाममा सो रेकर्ड थियो । सचिनले ३२१ इनिङ्समा १३ हजार रन पुरा गरेका थिए ।

यति मात्र होइन, कोहली एकदिवसीयमा १३ हजार रनको आँकडा छुने विश्वका पाँचौं ब्याट्सम्यान बनेका छन् । सचिनपछि यस्तो गर्ने उनी दोस्रो भारतीय ब्याट्सम्यान हुनेछन् । सचिनले ४६३ खेलमा १८ हजार ४२६ रन जोडेका छन् ।