एजेन्सी । कोलम्बोको आर प्रेमदासा स्टेडियममा रिजर्भ डे अन्तर्गत एसिया कपमा भारत–पाकिस्तान सुपर–४ खेल हुँदैछ । पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि भारतले पहिलो दिन १४७/२ रन बनाएर सुरु गरेको थियो ।
भारतले ४६ ओभरमा दुई विकेट गुमाएर ३०७ रन बनाएको छ । विराट कोहली र केएल राहुल क्रिजमा छन् । दुईबीच १५०ं साझेदारी भएको छ ।
केएल राहुलले शतक प्रहार गरेका छन् । उनले साढे दुई वर्षपछि एकदिवसीय क्रिकेटमा आफ्नो ब्याटबाट शतक बनाए । राहुलले अन्तिम पटक २६ मार्च २०२१ मा इङ्ल्यान्डविरुद्ध १०८ रनको इनिङ खेलेका थिए ।
राहुलले पाकिस्तानविरुद्ध पहिलो पटक शतक प्रहार गरेका हुन् । उनले पाकिस्तान बाहेक इंग्ल्याण्ड, न्यूजिल्याण्ड, वेस्ट इन्डिज, श्रीलंका र जिम्बाब्वे विरुद्ध १–१ शतक प्रहार गरेका छन् ।