७ भाद्र २०८३, आईतवार
,
Latest
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केएल राहुलको साढे दुई वर्षपछि छैटौं एकदिवसीय शतक



अ+ अ-

एजेन्सी । कोलम्बोको आर प्रेमदासा स्टेडियममा रिजर्भ डे अन्तर्गत एसिया कपमा भारत–पाकिस्तान सुपर–४ खेल हुँदैछ । पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि भारतले पहिलो दिन १४७/२ रन बनाएर सुरु गरेको थियो ।

भारतले ४६ ओभरमा दुई विकेट गुमाएर ३०७ रन बनाएको छ । विराट कोहली र केएल राहुल क्रिजमा छन् । दुईबीच १५०ं साझेदारी भएको छ ।

केएल राहुलले शतक प्रहार गरेका छन् । उनले साढे दुई वर्षपछि एकदिवसीय क्रिकेटमा आफ्नो ब्याटबाट शतक बनाए । राहुलले अन्तिम पटक २६ मार्च २०२१ मा इङ्ल्यान्डविरुद्ध १०८ रनको इनिङ खेलेका थिए ।

राहुलले पाकिस्तानविरुद्ध पहिलो पटक शतक प्रहार गरेका हुन् । उनले पाकिस्तान बाहेक इंग्ल्याण्ड, न्यूजिल्याण्ड, वेस्ट इन्डिज, श्रीलंका र जिम्बाब्वे विरुद्ध १–१ शतक प्रहार गरेका छन् ।