५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा बाधक बन्ने कोलम्बोमा एशिया कप किन ? श्रीलंकाले भन्यो – यो एसीसीको निर्णय



file
अ+ अ-

एजेन्सी । एसिया कपमा आइतबार भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण एकपटक पनि हुन सकेन । आइतबार सुरु भएको खेल आज रिजर्भ डेमा खेलाइँदैछ । ३ः१५ बजे सुरु हुनुपर्ने खेल यो समाचार लेख्दासम्म सुरु हुन सकेको छैन ।

भारतले २४ दशमलव १ ओभर ब्याटिङ गरेको छ । रिजर्भ डेमा खेल यहाँबाट फेरि खेलिनेछ । आजपछि सेप्टेम्बर १२ (भोलि) मा भारत र श्रीलंकाबीचको खेल हुनेछ । अर्थात् भारतले लगातार ३ दिन क्रिकेट खेल्नुपर्नेछ ।

एसिया कपमा भारतले अहिलेसम्म तीन खेल खेलेको छ भने तीनवटै खेल वर्षाका कारण रोकिएको छ । यी तीनवटै खेल श्रीलंकामा भएका थिए । श्रीलंकामा वर्षाको बीचमा भइरहेको एसिया कपले एसियाली क्रिकेट काउन्सिल (एसीसी)को व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।

ठूलो प्रश्न यो छ कि यदि सेप्टेम्बरको दोस्रो सातापछि श्रीलंकामा धेरै पानी पर्ने कुरा पहिल्यै थाहा थियो भने एसिया कप त्यहाँ किन आयोजना गरिँदैछ ? यसैबीच श्रीलंका क्रिकेट बोर्डका एक अधिकारीले श्रीलंकाले एसिया कप श्रीलंकामा आयोजना गर्ने निर्णय नगरेको प्रस्ट पार्दै यो निर्णय एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले गरेको र एसीसी नै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

वास्तवमा एसिया कपको आयोजक पाकिस्तानले पाएको थियो । प्रतियोगिताका सबै १३ खेल पाकिस्तानमा हुने तय भए पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले टोलीलाई पाकिस्तान पठाउन अस्वीकार गरेको थियो । त्यसपछि एसीसी प्रमुख जय शाहले पीसीबीसँग बैठक गरी प्रतियोगिताका ४ खेल पाकिस्तानमा र ९ खेल श्रीलंकामा गर्ने निर्णय गरेका थिए ।