३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपः श्रीलंकासँग बंगलादेश २१ रनले पराजित



अ+ अ-

एजेन्सी । एसिया कप–२०२३ को सुपर–४ चरणको पहिलो खेलमा साविक विजेता श्रीलंका विजयी भएको छ । शनिबार श्रीलंकाले बंगलादेशलाई २१ रनले पराजित गरेको हो ।

सुपर–४ मा बंगलादेशको यो दोस्रो हार हो । पहिलो खेलमा बंगलादेश पाकिस्तानसँग पराजित भएको थियो ।

कोलम्बोको आर प्रेमदासा रंगशालामा टस जितेर बंगलादेशले पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५७ रन बनाएको थियो । जवाफमा बंगलादेशको टोली ४८.१ ओभरमा २३६ रनमा अलआउट भयो ।

योसँगै सुपर ४ मा लगातार दुई खेलमा पराजित भएको बंगलादेशको अब फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा श्रीलंकासँग २१ रनले स्तब्ध भयो । अब सुपर फोरको अन्तिम खेलमा उसले भारतसँग खेल्ने छ ।

भारतसँग जित निकाल्दा पनि बंगलादेशको फाइनल खेल्ने सम्भावना बाँकी हुने छैन । सुपर फोरमा भारतले एक खेल पनि खेलेको छैन भने पाकिस्तान र श्रीलंकाले एक–एक खेल खेल्दै २–२ अंक जोडेका छन् ।

श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २५७ रन बनायो । श्रीलंकाका सदिरा समरबिक्रमाले ९३ रनको उत्कृष्ट पारि खेले । यसैगरी कुशल मेन्डिस ५० रन बनाएर आउट हुँदा पथुम निसनकाले ४० रन जोडे ।

कप्तान डासुन सनकाले २४ तथा दिमुथ करुणारत्नेले १८ रनको पारि खेले । बंगलादेशका तक्सिन अहमद र हसन महमुदले तीन तीन विकेट लिए । सइफुल इस्लामले २ विकेट लिए ।

२५८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४८.१ ओभरमा २३६ रनमा अलआउट भयो । बंगलादेशलाई रोक्ने क्रममा महेश तिक्षणा र महिषा पथिरानाले तीन तीन विकेट लिए । बंगलादेशका तोहिड ह्रिदोले सर्वाधिक ८२ रनको पारि खेल्दा मुस्फिकुर रहिमले २९ रन जोडेका थिए । यसैगरी मेहदी हसनले २८ तथा मोहमद नइमले २१ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।