२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको कलेज र मदन भण्डारी फाउन्डेसनबीच पाँच बुँदे सहमति



अ+ अ-

बेइजिङ । चीनको प्रमुख शहर छोङछिङस्थित ‘छोङछिङ थ्रि गर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमूलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

शैक्षिक विकासका लागि तालिम केन्द्र स्थापना, अध्ययन र प्राविधिक कार्यक्रम परियोजना सञ्चालन गर्ने पाँच बुँदे सम्झौता भएको नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो ।

सम्झौतामा फाउन्डेसनको तर्फबाट अखिल नेपाल महिला संघको अध्यक्ष समेत रहनुभएकी फाउन्डेसनकी केन्द्रीय सदस्य टुका हमाल र ‘छोङछिङ थ्रि गर्जेज भोकेसनल कलेज’ को तर्फबाट प्रमुख लि जीओ कुअङले हस्ताक्षर गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच भएको भेटवार्तामा एकअर्कामा अनुभव, सीप, विचार र ज्ञानलाई आदानप्रदान गर्ने बिषयमा कुराकानी भएको थियो ।

त्यही क्रममा महासचिव पोखरेलले छोङछिङले आफ्नो आधुनिकीरणका क्रममा आर्जन गरेको ज्ञान, सीप र विकास गरेको प्रविधि नेपालसँग आदानप्रदानको प्रस्ताव राख्नुभएको थियो ।

महासचिव पोखरेलको सोही प्रस्तावको पहिलो कार्यान्वयन सुरुवात अन्तर्गत छोङछिङ थ्रि गर्जेज भोकेशनल कलेज र मदन भण्डारी फाउन्डेशन शैक्षिक क्षेत्रको अध्ययन र अनुसन्धानमा काम गर्ने गरी सहमति भएको नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुुभयो ।

यो सहमति नेपालको शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमूलक अनुसन्धानका लागि महत्वपूर्ण रहेको प्रमुख गौतमको भनाई । गौतमले भन्नुभयो, ‘छोङछिङको विकासमा उहाँहरूले आर्जन गर्नुभएको अनुभव, ज्ञान र विकास गर्नुभएको प्रविधिलाई नेपालको विकासमा प्रयोगको लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

सहमति अनुसार कलेजको सहयोगमा ग्रामीण पुनः स्थापनाका लागि शैक्षिक विकास, वैज्ञानिक अनुसन्धान र अध्ययन प्रबद्र्धनका कार्यक्रमहरू सञ्चालन गरिनेछ । यसैगरी नेपाली विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताहरूलाई छोङछिङ थ्रि गर्जेज भोकेसनल कलेजले अध्ययन र अनुसन्धानको लागि सहयोग गर्नेछ । सहमति अनुसार ‘चीन नेपाल जोइन्ट रिसर्च सेन्टर फर पिपुल टु पिपुल एक्सचेन्ज’ स्थापनामार्फत जनता जनताबीचमा प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गरिनेछ ।