४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा

बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
अ+ अ-

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका विद्यालय तथा विद्यालय परिवारको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिन आग्रह गरेको छ।

प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबी कटवालद्वारा जारी विज्ञप्तिमा विपद्मा परेका सम्पूर्ण परिवार, विद्यार्थी, शिक्षक, विद्यालय समुदाय तथा स्वदेशी–विदेशी नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्दै ‘सतर्क रहौं, सुरक्षित रहौं र विपद्मा परेकालाई सहयोग गर्न हातेमालो गरौं’ भन्ने अपिल गरिएको छ।

विज्ञप्तिमार्फत रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको हो।

प्याब्सनले बेपत्ता नागरिकको तत्काल खोज तथा उद्धार, घाइतेको शीघ्र उपचार तथा प्रभावित परिवारलाई राहत, सुरक्षित बसोबास र पुनःस्थापनाका लागि सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

बाढीका कारण विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारसमेत प्रभावित भएको र कतिपय विद्यालय तथा शैक्षिक संरचनामा क्षति पुगेको भन्दै प्याब्सनले प्रभावित विद्यालयको शैक्षिक गतिविधि यथाशीघ्र पुनःसुचारु गर्न विशेष प्राथमिकताका साथ आवश्यक समन्वय गर्न आग्रह गरेको छ।

प्याब्सनले देशका विभिन्न स्थानमा भ्रमणका लागि पुगेका नेपाली तथा विदेशी पर्यटकसमेत बाढीबाट प्रभावित भएकोप्रति दुःख व्यक्त गर्दै मृतक तथा बेपत्ताप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ।

विपद्को कठिन समयमा सरकार, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था, विद्यालय समुदाय तथा नागरिक समाजलाई एकताबद्ध भएर उद्धार, राहत र पुनःस्थापनामा परिचालित हुन प्याब्सनले आह्वान गरेको छ।

प्रभावित विद्यालय तथा विद्यालय परिवारलाई आवश्यक सहयोगका लागि प्रदेश तथा जिल्ला प्याब्सनसँग समन्वय गरी सक्दो पहल गर्ने प्याब्सनले जनाएको छ।