१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह



अ+ अ-

काठमाडौं । वर्षा र पहिरोका कारण भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले दुःख व्यक्त गरेको छ ।

नेसनल प्याब्सनका महासचिव प्रतापबहादुर थापा र अध्यक्ष गीता क्षेत्री राणाले बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै  विपद्मा परी ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र उद्धार तथा उपचारका लागि सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

विपद्को यस दुःखद घडीमा प्रभावित स्थानीयवासीको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेसनल प्याब्सनका सदस्य विद्यालयहरूलाई स्थानीय सरकार र सुरक्षा निकायसँग

समन्वय गरी आवश्यक सहयोग गर्न पनि आग्रह गरिएको छ ।
विज्ञप्तिमा घाइतेहरूको उपचारका लागि औषधोपचारलगायत आवश्यक सहयोग उपलब्ध गराउन सदस्य विद्यालयहरूलाई अनुरोध गरिएको छ ।