• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो ★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ? ★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा

नेपालले भारतलाई २३१ रनको लक्ष्य दियो



काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत समुहचरणको अन्तिम खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनायो ।

नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेखले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ९.५ ओभरमा ६५ रनको साझेदारी गरेका थिए ।

नेपालका तिब्र गतिका बलर सोमपाल कामि एक चौका र २ छक्कासहित ४८ रन बनाएर अर्धशतकको मुखमा आउट भए । यस्तै, गुलशन झा ३५ बलमा ३ चौकासहित २३ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरीले ३ चौकासहित २९ रन बनाए । भीम सार्की ७, कप्तान रोहित पौडेल ५, कुशल मल्ल २ र सन्दीप लामिछाने ९ रनमा आउट भए ।

भारतका लागि रविन्द्र जडेजा र मोहम्मद शिराजले समान ३ विकेट लिए । यस्तै, मोहम्मद शामी, शार्दुल ठाकुर र हार्दिक पान्ड्याले समान एक विकेट लिए ।