७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग

माओवादी सांसद दाहालको दाबी: प्रधानमन्त्री–राप्रपाबीच कोशी सरकार निर्माणमा सहयोग गर्ने भद्र सहमति छ

माओवादी सांसद दाहालको दाबी: प्रधानमन्त्री–राप्रपाबीच कोशी सरकार निर्माणमा सहयोग गर्ने भद्र सहमति छ
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच कोशी सरकार सञ्चालनको सम्बन्धमा भद्र सहमति भएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले कोशी प्रदेश सरकारलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्री दाहाल र राप्रपा अध्यक्ष लिङदेनबिच भद्र सहमति भएको बताउनुभएको हो ।

सोही सहमतिका आधारमा माओवादीको भागमा परेको पूर्वाधार विकास समिति सभापति राप्रपालाई दिएको बताउनु भयो । उहाँले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आइसकेको अवस्थामा राप्रपाको समेत मध्यावधि निर्वाचन नहोस् भन्ने चाहानाका कारण सहमति सम्भव भएको बताउनु भयो । उहाँले राप्रपाले कोशी प्रदेश सरकार निर्माणमा सघाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कोशी प्रदेशमा विकल्प भनेको निर्वाचन हो । मध्यावधि निर्वाचनमा जानको निम्ति अर्थतन्त्रको हिसावले अर्बौँ खर्च हुने यो अहिले हाम्रो मुलुकले अहिले निर्वाचन धान्न नसक्ने अवस्था भइसकेपछि कोशी प्रदेशको सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्न र वैधानिक ढंगले सरकार निर्माण गर्नको निम्ति हामीलाई राप्रपाको साथ चाहिन्थ्यो ।’

‘राप्रपा पनि कोशी प्रदेशमा कमसेकम मध्यावधि निर्वाचन भन्दापनि अहिलेको जुन समस्या छ त्यो समस्या हल गर्न उहाँहरु सहमत भइसकेपछि मुख्यत: माओवादीको भागमा परेको एउटा संसदीय समिति राप्रपालाई दिएको हो । प्रधानमन्त्रीज्युसँग भद्र सहमति भएको छ, संघीय संसदमा पनि उहाँहरुको भुमिका प्रभावकारी हुने । संसदीय भुमिकालाई व्यवस्थित ढंगले सञ्चालन गर्न सहयोगि भुमिका हुने र कोशी प्रदेशमा सरकार निर्माणमा उहाँहरुले सहयोग गर्ने भद्र सहमति अनुरुप नै हामीले संसदीय समिति दिएका छौँ ।’

उहाँले ललितपुरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको निम्ति आवासीय भवन आवश्यक नभएको बताउनु भयो । विगतको सरकारले कमिसनका लागि अनावश्यक भौतिक संरचनाहरु बनाएको उहाँले आरोप लगाउनु भयो ।