• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

संसदलाई सबैको साझा थलोको रुपमा विकास गर्न समिति सभापति बाँडियो: रमेश लेखक



file photo

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदलाई साझा थलोको रुपमा विकास गर्न समिति सभापतिहरुको भागबण्डा गरिएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक लेखकले संसदलाई सबैको साझा थलोको रुपमा विकास गर्न सकियोस् भन्नका लागि समिति सभापतिको बाँडफाँट गरिएको बताउनुभएको हो ।

उहाँले यसबाट आफूहरुले ऐतिहासिक अभ्यास प्रारम्भ गरेको पनि बताउनु भयो । उहाँले यस प्रक्रियामा रास्वपालाई पनि समावेश गराउन चाहेको भएपनि सम्भव नभएको भन्दै उहाँले आगामी दिनमा रास्वपालाई पनि सहमतिमा लिएर जाने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसदभित्रका अभ्यासहरुलाई संसद सबैको थलो हो भन्ने रुपमा विकास गर्नुपर्छ भन्ने मान्यता अन्तर्गत हामीले समितिको बाँडफाँट गरेको हो । यसमा अहिलेको सरकार, गठबन्धन र गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले पहल र प्रयत्न गरेको हो । ऐतिहासिक अभ्यास प्रारम्भ गरेका छौँ । संसदमा सबैको साझा थलोको रुपमा विकास गर्न सकियोस् । यसको अभ्यासहरुलाई त्यो ढंगले अगाडी बढाउन सकियोस् । भनेर हामीले त प्रमुख दलहरु सबै सत्तापक्ष अथवा गठबन्धनमा भएका र प्रतिपक्षमा दिने हामीले प्रयत्न गरेका थियौँ तथापी रास्वपा समावेश हुन सकेको छैन । उहाँहरुलाई पनि संसदीय अभ्यासमा सहमतिमा लिँदै जाने कुरा गर्नुपर्ला ।’

उहाँले संसदमा रहेका विधेयकहरुलाई चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने पनि बताउनु भयो ।