२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केएल राहुलले नेपालविरुद्धको खेल नखेल्ने



अ+ अ-

एजेन्सी । भारतका विकेटकिपर तथा ब्याट्सम्यान केएल राहुलले चोटका कारण एशिया कप २०२३ को समूह चरणका खेल गुमाउने भएका छन् । भारतले समूह चरणमा दुई खेल खेल्नुपर्नेछ । पहिलो खेल सेप्टेम्बर २ मा पाकिस्तानसँग र दोस्रो खेल सेप्टेम्बर ४ मा नेपालसँग हुनेछ ।

भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडले मंगलबार पत्रकार सम्मेलनमा केएल राहुल अहिले बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)मा रहने बताएका छन् ।

एसिया कप सुपर–४ चरणअघि सेप्टेम्बर ४ मा टोलीमा उनको पुनरागमन हुनेबारे पुनः घोषणा गरिनेछ । राहुल एसिया कपका लागि घोषणा गरिएको १७ सदस्यीय टोलीमा परेका छन् ।

द्रविडका अनुसार एनसीएमा पछिल्लो एक सातामा राहुलले निकै राम्रो प्रदर्शन गरेका छन् । ‘राहुलमा प्रगति देखिन्छ । हामी राहुललाई पूर्ण रूपमा फिट हुन थप समय दिन चाहन्छौं । उसले पुनरागमन गर्नेमा म विश्वस्त छु । तत्कालका लागि राहुल टोलीसँग यात्रा गर्ने छैनन् ।’ उनले भने ।