७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

सरकारले खिचडी जस्तो बनाएर विधेयकहरु संसदमा पेश गर्नुहुन्न: सोविता गौतम

सरकारले खिचडी जस्तो बनाएर विधेयकहरु संसदमा पेश गर्नुहुन्न: सोविता गौतम
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको तस्तै संसदमा पेश गरिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

८१ वटा ऐनहरु आकर्षित हुने सो विधेयक सरकारले सांसदहरुलाई पढ्ने मौका समेत नदिई खिचडी जस्तो बनाएर संसदमा पेश गरिएको भन्दै आलोचना गर्नुभएको हो । मंगलबार सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले सो विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरुले पेस गर्ने आवश्यक व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले सरकारलाई विधेयकहरु आफूले पढेर मात्रै संसदमा पेस गर्न पनि सचेत गराउनु भयो ।

सांसद गौतमले भन्नुभयो, ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ यसरी जस्ताको तस्तै प्रश्तुत हुनु हुँदैन भनेर मैले यही रोष्टमबाट कारणसहित भनेको थिए । यो विधेयक यसरी जस्ताको तस्तै प्रश्तुत हुनु भनेको नेपालको संसदीय इतिहासमा एउटा दुभाग्यपूर्ण त्रुटी हो सभामुख महोदय । हिजो यो रोष्टमबाट मात्रै होइन । अनौपचारिक ढंगले माननीय कानूनमन्त्रीज्युसँग र वरिष्ठ नेताज्युहरु, जो अहिले प्रतिनिधि सभाका सदस्य पनि हुनुहुन्छ ।’

‘उहाँहरुसँग, विभिन्न दलका प्रमुख सचेतकज्युहरुसँग, सरकारको विभिन्न साथीहरुसँग हामीले यो विषयमा पटकपटक अनौपचारिक तरिकाले यो व्यवस्थाप्रतिको प्रहार हुन्छ । यसरी प्रश्तुत नगरांै है भनेर पटकपटक अनौपचारिक छलफलहरु पनि गर्‍यौं । तर त्यसको बाबजुत पनि आज यो यसरी प्रश्तुत भएको छ । विचार गरियोस् भनिएको छ । जसमा कसैले ७९ भन्नुभएको छ । कसैले ८० भन्नुभएको छ । वास्तवमा यसलाई हामीले तलदेखि माथिसम्म ८१ वटा ऐनहरु आकर्षित गरिएको छ ।’

‘८१ वटा ऐनहरु कसरी पढेर, संशोधन गरेर यो ७२ घण्टा भित्र संशोधन प्रश्ताव दर्ता गर्ने हामीलाई थाहा छैन । विभिन्न मन्त्रीजीहरुले मन्त्रालय अनुसार अलगअलग प्रश्तुत गर्नुपर्नेमा खिचडी बनाएर प्रश्तुत गरिएको छ । के सरकारलाई थाहा छैन ? यो केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा कस्ताकस्ता मस्यौंदा राख्ने भनेर सरकारलाई थाहा छैन । थाहा छैन भने विज्ञहरुलाई बोलाएर पढौं । संसद भवनमै पढ्नुपर्छ सांसदहरुले पनि । तर यसरी यो व्यवस्थामाथि नै प्रहार हुने गरी यस्तो काम गर्न भएन ।’

सांसद गौतमले ८१ वटा ऐन आकर्षित हुने विधेयक अध्ययन गरेर ७२ घण्टा भित्र सांसदहरुले संशोधन हाल्न नसक्ने पनि बताउनु भयो ।