२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक मुद्रा सञ्चिति २६ प्रतिशतले बढ्यो: प्रधानमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद उदय शमशेर राणाले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको प्रतिवेदनले अर्थतन्त्रको सूचकांकहरू सकारात्मक दिशातिर उन्मुख रहेको देखाएको बताउनुभयो ।

“२०८० साउन मसान्तसम्म शोधानान्तर स्थिति २९० अर्ब ५२ करोडको वचतमा रहेको छ। विदेशी विनिमय सञ्चिति गत वर्ष यही अवधिको तुलनामा २६ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले १० महिनाको वस्तु तथा आयात धान्न पुग्ने अवस्था रहेको छ”, उहाँले भन्नुभयो, “विप्रेषण आयमा २१।२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ। वैदेशिक लगानी प्रवर्द्धनमा थ्रेस होल्ड घटाइएको छ ।”

सरकार गठनको यो अवधिमा सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखी राज्यको सम्पूर्ण शक्ति र सामर्थ्यलाई देश र जनताको हितमा अधिकता परिचालन गरिएको उहाँको भनाइ थियो ।

सरकारको मुख्य जोड संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र अर्थतन्त्रको पुनरुत्थान र सवलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच र भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन रहेको उहाँले बताउनुभयो ।

“नागरिकलाई शासकीय प्रणालीप्रतिको भरोसा, सरकारप्रति विश्वास दिलाउँदै सबैतिर आशाको सञ्चार गराउने हाम्रो प्रयास रहँदै आएको छ। विकास निर्माण कार्यलाई गति दिन, शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हित प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहँदै आएको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

काठमाडौं उपत्यकामा पूर्वाधार निर्माण कार्यान्वयन गर्न चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

ललितपुर क्षेत्र नम्बर १ लाई जोड्ने, विभिन्न सडकको विस्तार र जग्गाको मुआब्जाका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारले ध्यान उहाँको भनाइ थियो । “उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरूत्थान तथा उच्च दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरण तयार पार्न सरकार क्रियाशील छ”, प्रधानमन्त्रीले भन्नुभयो ।