२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दर्भ एसिया कपः भारत र पाकिस्तानबीच प्रतिष्ठाको लडाईँ, यस्तो छ दुबै टिमको ‘हिसाबकिताब’



अ+ अ-

एजेन्सी । विश्वका सबै क्रिकेट फ्यानमध्ये ८५ प्रतिशत एसियामा मात्रै छन् । यस सन्दर्भमा एसियामा दबदबा रहेको टोलीको हैसियत विश्व क्रिकेटमा पनि निकै उच्च रहेको छ । भारत र पाकिस्तानजस्ता एसियाका टोलीले क्रिकेट जगतमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

एसिया कप अगस्ट ३० बाट अर्थात् मात्र दुई दिनपछि सुरु हुँदैछ । एसिया कपको नाम आउनेबित्तिकै भारत–पाकिस्तान प्रतिद्वन्द्वको चर्चा पनि बढेको छ । यो प्रतिद्वन्द्वीले क्रिकेट जगतलाई धेरै यादगार पल दिएको छ । यसपटक पनि सेप्टेम्बर २ मा दुवै टोली क्यान्डी मैदानमा आमनेसामने हुँदैछन् ।

दुवै टोली समूह ‘ए’ मा रहेका छन् । यो समूहमा नेपाल पनि रहेको छ । यदि दुवै टोली नेपाललाई पराजित गर्न सफल भए भने सेप्टेम्बर १० मा दर्शकले फेरि एकपटक भारत–पाकिस्तानबीचको खेल हेर्न पाउनेछन् । यसपछि फाइनलमा पनि भारत–पाकिसतानबीच भिडन्त हुनसक्छ ।

एसिया कप १९८४ मा सुरु भएको थियो । पहिलो प्रतियोगिता युएईमा खेलिएको थियो । भारत र पाकिस्तान बाहेक श्रीलंकाले मात्रै यसमा भाग लिएको थियो । प्रतियोगिता त्रि–श्रृङ्खला जस्तै थियो, तर राउण्ड–रोबिन ढाँचामा खेलिएको थियो ।

सबैभन्दा धेरै खेल जित्ने टोलीलाई विजेता घोषित गरियो । पहिलो खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भारतले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो ।

तेस्रो तथा अन्तिम खेल भारत र पाकिस्तानबीच भएको थियो । भारतले पहिले ब्याटिङ गर्दै १८८ रन बनाएको थियो । पाकिस्तानले खेल १० विकेटले जितेको भए टोली च्याम्पियन बन्न सक्थ्यो तर टिम इन्डियाका रोजर बिन्नी र रवि शास्त्रीले ३–३ विकेट लिएपछि पाकिस्तान १३४ रनमा समेटियो । पहिलो एसिया कपमा भारतले पाकिस्तानलाई ५४ रनले पराजित गर्दै ट्रफी आफ्नो कब्जामा पार्यो ।

सन् १९८४ पछि एकदिवसीय एसिया कपमा दुवै टोली १३ पटक आमनेसामने भएका छन् । भारतले ७ पटक र पाकिस्तान ५ पटक विजयी बन्दा एक खेल अनिर्णित रह्यो । विशेष कुरा के छ भने भारतले एकदिवसीय एसिया कपमा पाकिस्तानविरुद्ध लगातार ३ खेल जित्न सकेको छैन । त्यसैगरी, सन् १९८८ मा पाकिस्तानसँग हार्दा भारतले २००८ सम्म दोस्रो जितको आकांक्षा राखेको थियो । यसबीच पाकिस्तानले ३ खेल जितेको छ भने एक खेल अनिर्णित रह्यो ।

पछिल्लो पटक दुई टोली २०२२ को टी–२० एसिया कपमा भिडेका थिए । जसमध्ये एउटा खेल भारतले जितेको थियो भने एउटा पाकिस्तानले । यी दुईको अन्तिम भेट सन् २०१८ मा एकदिवसीय एसिया कपमा भएको थियो । यहाँ २ खेल खेलिएका थिए, दुवै पटक भारतले एकतर्फी रूपमा ८ र ९ विकेटले खेल जितेको थियो ।

यस पटक एसिया कप अन्तर्गत भारत र पाकिस्ताले श्रीलंकामा प्रतिस्पर्धा गर्दैछन् । त्यसैले श्रीलंकामा भारत र पाकिस्तानबीचको भिडन्तको बारेमा थोरै चर्चा गरौँ । श्रीलंकामा भएको एसिया कपमा दुवै टोली तीन पटक आमनेसामने भएका छन् । दुवै टोलीले समान एक–एक खेल जित्दा एक खेल भने वर्षाका कारण अनिर्णित रह्यो । खेल २० जुलाई १९९७ मा कोलम्बोको मैदानमा हुने थियो, तर खेल २१ जुलाईमा सारियो । यद्यपि, यस दिन पनि वर्षा भयो र खेल रद्द गर्नुपरेको थियो ।

पछिल्लो पटक दुवै टोली सन् २०१० मा डम्बुलाको मैदानमा भिडेका थिए । यो खेल भारतले एक बल बाँकी रहँदै ३ विकेटले जितेको थियो । यसअघि सन् २००४ मा कोलम्बोमा भएको खेल पाकिस्तानले ५९ रनले जितेको थियो । क्यान्डीको पल्लेकेले मैदानमा दुवै टोली पहिलो पटक एकदिवसीय क्रिकेटमा आमनेसामने हुँदैछन् ।

पाकिस्तानले सन् १९८४ को पहिलो संस्करणदेखि नै एसिया कप खेल्दै आएको छ । सन् १९९० मा भारतमा प्रतियोगिता खेल्दा भारतसँगको राजनीतिक विवादका कारण टोलीले भाग लिएको थिएन । यसबाहेक पाकिस्तानले १२ पटक एकदिवसीय र २ पटक टी–२० एसिया कपमा सहभागिता जनाएको छ । टोली ५ पटक फाइनल पुग्दा २ पटक मात्रै उपाधि जित्न सफल भएको छ । ५ मध्ये ४ पटक टोली एकदिवसीय र एक पटक टी–२० एसिया कपको फाइनलमा पुगेको छ ।

पाकिस्तानले सन् २००० एसिया कपको फाइनलमा श्रीलंकालाई हराएको थियो भने २०१२ को फाइनलमा बंगलादेशलाई पराजित गरेको थियो । सन् २०१२ पछि पाकिस्तानले २०१४ र २०२२ मा श्रीलंकासँग फाइनलमा हार बेहोरेको थियो ।

अर्कोतर्फ भारतले ७ पटक एसिया कप जितेको छ । ६ पटक ओडीआई र एक पटक टी–२० मा टिमले सफलता हात पारेको छ । टोलीले सन् १९८४ को पहिलो संस्करणदेखि नै एसिया कपमा सहभागिता जनाउँदै आएको छ । सन् १९८६ मा श्रीलंकासँगको राजनीतिक विवादका कारण भारतले एसिया कप खेलेको थिएन, किनभने प्रतियोगिता श्रीलंकामा भएको थियो । यस बाहेक भारतले अहिलेसम्म १५ मध्ये १४ पटक भाग लिइसकेको छ भने टोली ९ पटक फाइनलमा पुगेको छ ।

भारतले ९ फाइनलमध्ये ६ पटक उपाधि जितेको छ । जबकि टोलीले सन् १९८४ मा (पहिलो संस्करण) राउण्ड रोबिन जितेर एसिया कपको उपाधि जितेको थियो । भारतले ६ पटक एकदिवसीय र २०१६ मा टी–२० एशिया कपको उपाधि जितेको छ । उसले पछिल्लो पटक २०१८ मा एकदिवसीय एसिया कप जितेको थियो ।

सन् २०२२ मा सुपर–४ चरणमा २ खेल हारेर टोली फाइनलमा पुग्न सकेन । यसपटक सेप्टेम्बर २ मा पाकिस्तानपछि भारतले सेप्टेम्बर ४ मा नेपालसँग समूह चरणको खेल खेल्नेछ ।

 




भर्खरै