• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

भिल्लारियल र बार्सिलोनाको खेलमा गोलको वर्षा, कसले जित्यो खेल ?



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत भिल्लारियल र बार्सिलोनाबीचको खेलमा गोलको वर्षा भएको छ ।

गएराति भएको खेलमा दुवै टिमबाट ७ गोलको रोमाञ्चक खेल भएको थियो । जसमा बार्सिलोना ४–३ गोलले विजयी बन्यो । भिल्लारियलको मैदान एल मड्रिगलमा भएको खेलमा पहिलो हाफमा ४ गोल भएको थियो । खेलको १२ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।

यस्तै, १५औं मिनेटमा फ्रेंकी डि योंगले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । २६ औं मिनेटमा युआन फोइथले गोल गर्दै भिल्लारियललाई १–२ को स्थितीमा ल्याए । ४० औं मिनेटमा अलेक्जान्डर सोर्लोथले गोल गर्दै भिल्लारियललाई २–२ को बराबरीमा ल्याए ।

५० औं मिनेटमा एलेक्स बाइनाले गोल गर्दै भिल्लारियललाई ३–२ को स्थितीमा लगे । यता, ६८ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ३–३ को बराबरीमा ल्याए । ७१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दा बार्सिलोना ४–३ गोलले अघि बढ्यो ।

त्यसपछि थप गोल हुन सकेन र बार्सिलोना विजयी बन्यो । यो नतिजासँगै बार्सिलोना ३ खेलबाट ७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । भिल्लारियल ३ अंकका साथ १३ औं स्थानमा छ ।