६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युनेज चम्किँदा १० खेलाडीमा समेटिएको लिभरपुलले न्युक्यासललाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ ।

आइतबार भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन अन्तिम १० मिनेटको अन्तरालमा डार्विन न्युनेजले दुई गोल गरे ।

खेलको २५ औं मिनेटमा एन्थोनी गोर्डोनले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो । डिफेन्डर भान डायकले रातो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगे ।

यता, ८१ औं र ९०+३ मिनेटमा गोल गर्दै न्युनेजले लिभरपुललाई रोमाञ्चक जित दिलाए । जितसँगै ३ खेलबाट ७ अंक जोडेको लिभरपुल तालिकाको चौंथो स्थानमा छ । समान खेलबाट ३ अंकसहित न्युक्यासल भने १३ औं स्थानमा छ ।