४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतले दियो धरानका मेयर हर्क साम्पाङलाई तीन आदेश



अ+ अ-

विराटनगर। उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले आज निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न मेयर साम्पाङलाई अन्तरिम आदेश दिएको हो ।

मेयर साम्पाङविरुद्ध धरानका रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै रिट दायर गर्नुभएको थियो । अदालतले सो रिटमा मेयर साम्पाङलाई कडा आदेश दिएको हो ।

धरान–४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले गत साउन ६ गते वृक्षरोपण गर्नुभएको थियो । अधिकारी दम्पतीले वृक्षरोपण गरेको जग्गा आफ्नो भएको दाबी गर्दै आएको छ । मेयर साम्पाङले भने सर्दु सट्टाभर्नाको जग्गा भएकाले वृक्षरोपण गरेको दाबी गर्दै हडप्न खोज्नुभएको छ ।