३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्न थाहा पाउनुहोस् यी ५ तरिका

आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्न थाहा पाउनुहोस् यी ५ तरिका
अ+ अ-

कमल धिताल,

काठमाडौं । फेसबुक विश्वको एक अग्रणी र लोकप्रिय सोशल नेटवर्किङ्ग साईट हो। फेसबुक अकाउन्ट नभएको मानिसहरु आजभोली सायद कमै होलान् । नेपालमा पनि सबै भन्दा धेरै प्रयोग गरिने सोशल मीडिया फेसबुक नै हो । केहि समय अगाडी कलाकार दीपा श्री निरौला लगायतका कलाकारको फेसबुक ह्यक भएको समाचार बाहिर आएको थियो । विषेश गरी फेसबुक ह्यक हुनुमा बलियो पास्वर्डको प्रयोग नहुनु र सेटिङको उचित प्रयोग न गर्नु नै मुख्य कारण रहेको देखिन्छ ।

फेसबुक खाता ह्याक हुनबाट कसरी जोगाउने ? फेसबुक सुरक्षा सेटिंग्स कसरी सुरक्षित गर्ने ? आज हामी तपाईको फेसबुक अकाउन्ट कसरी सुरक्षित गर्ने भन्ने बारेमा जानकारी दिँदैछौँ । तपाईको फेसबुक खातालाई ह्याकरहरूबाट सुरक्षित राख्नको लागि यी ५ सामान्य तरिकाहरु अप्नाउनुहोस् :

१) बलियो पास्वर्डको प्रयोग गर्नुहोस् 
पास्वर्ड बलियो राख्नुहोस् किन कि पासवर्ड नै तपाईको फेसबुक अकाउन्टको मुख्य सुरक्षा दिने माध्यम हो । ठाउँको नाम, आफ्नो मन पर्ने साथीको नाम, मन पर्ने जनावरको नाम प्रयोग नगर्नुहोस् यस्ता पासवर्ड तपाईको नजिकका व्यक्तीले अनुमान गर्न सक्छन् । साथै स्पेशल क्यारेक्टरको प्रयोग गर्नुहोस् जस्तै #!$ ।

सकेसम्म पासवर्ड जेनेरेटरको प्रयोग गर्नुहोस् । साथै, तपाईको पासवर्ड प्रत्येक छ महिनामा एक पटक फेसबुकको लागि मात्र नभएर सबै सोशल साइटको ठाउँमा परिवर्तन गर्नुहोस्। पासवर्ड परिवर्तन गर्न दाया तर्फको माथि भागमा रहेको मेनुमा जानुहोस् सेटिंग्स >>जेनेरल >> पासवर्ड >>

२) मोबाइल नम्बर भेरिफिकसन
तपाईको मोबाईल नम्बर भेरिफिकसन गर्नाले फेसबुक सुरक्षालाई सुदृढ बनाउँछ। तपाईले आफ्नो अकाउन्टको पासवर्ड बिर्सनु भयो भने फेसबुकले तपाईको मोबाइल नम्बरमा इत्ए पठाउँदछ र तपाइँ आफ्नो  फेसबुक अकाउन्ट पासवर्ड रिसेट गर्न सक्नुहुन्छ। मोबाईल नम्बर भेरिफिकसन गर्न सेटिङमा जानुहोस् र आफ्नो नम्बर हाल्नुहोस् अनि आएको भेरिफिकेसन कोड राखेर भेरिफिकेसन गर्नुहोस् ।

३ ) 'लागिन अप्रुभल' सक्रिय गर्नुहोस्
लगइन अप्रुभल फेसबुकद्वारा प्रदान गरिएको एक सुरक्षा सुविधा हो, र यसले तपाईलाई सुरक्षा कोड प्रदान गर्न प्रत्येक पटक तपाईको फेसबुक खातामा अपरिचित डिभाइसहरूबाट लगइन गर्दा कोड राख्नुपर्ने हुन्छ । लगइन अप्रुभल सक्रिय गर्न, अकाउन्ट सेटिंग्समा गएर लग इन अप्रुभल अन गर्नुहोस ।  

४) स्पाम लिन्क नखोल्नुहोस्
मेसेन्जरमा आउने सबै लिन्कहरु नखोल्नुहोस् । आफ्नै बिश्वास गरेको साथीहरुबाट पनि यस्ता स्पाम लिन्कहरु आउने गर्छन् । केही समय अगाडि यो तिम्रो फोटो हो भन्ने स्पाम लिन्कले धेरै प्रयोगकर्ताहरुको अकाउन्ट ह्यक भएको थियो । लिन्क खोल्नु अगाडि लिन्क साथीले पठाएको हो वा होईन कस्तो लिन्क हो सबै बुझेर मात्र अगाडी बढ्नुहोस् नत्र तपाईको अकाउन्टको डाटा पनि असुरक्षित हुनसक्छ ।

५) साइन आउट गर्नुहोस्
तपाईको फेसबुक खाताबाट लग आउट गर्न कहिल्यै नबिर्सनुहोस् मोबाईलमा फेसबुक प्रयोग गरेपछि हामी लग आउट गर्दैनौ यही बानी हामी साइबर क्याफे वा अफिसमा पनि लग आउट गर्न बिर्सन्छौँ यसले गर्दा हाम्रो हाम्रो फेसबुक अकाउन्ट असुरक्षित हुन जान्छ । प्रयोग गरिसके पछि लग आउट गर्न नबिर्सनुहोस् ।

थप जानकारीको लागि लेखकको ब्लग हर्नुहोस्