२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिस कोर स्वयंसेवकको २०८ औँ समूहद्वारा शपथ ग्रहण



अ+ अ-

काठमाडौँ । पिस कोरका २१ स्वयंसेवकहरूले नेपालमा आफ्नो दुई वर्षीय सेवाको प्रारम्भमा अमेरिकी राजदूत डिन आर. थम्पसन र पिस कोर-नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथबाट शपथ ग्रहण गरेका छन् ।

यससँगै यी नयाँ स्वयंसेवकहरू सन् १९६२ यता नेपालमा काम गरिसकेका झन्डै ४ हजार पिस कोर स्वयंसेवकहरूको सङ्ख्यामा जोडिएका छन् । कोभिड(१९ महामारीका कारण भएको विश्‍वव्यापी निष्क्रमणपछि नेपाल आएको यो पहिलो समूह हो । नेपाली र अमेरिकी सरकारबिच ६१ वर्षअघि सन् १९६२ को अगस्ट २४ तारिखमा नेपालमा पिस कोर कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको दिनको वर्षगाँठ पनि आजै परेको छ ।

ूआफू नै पिस कोरका एक संस्थापक कर्मचारीका छोरा एवं एक पूर्व(स्वयंसेवकका पिताका रूपमा मलाई पिस कोरको महत्त्वका साथै स्वयंसेवक र उनीहरूले सेवा गर्ने समुदाय दुवैका जीवन परिवर्तन गर्ने सक्ने यसको क्षमताबारे प्रत्यक्ष रूपमा थाहा छ । नेपालमा मलाई अनगिन्ती मानिसहरूले पिस कोरसम्बद्ध आफ्नो कथा सुनाएका छन् – आफ्ना जीवन वा समुदायमा सकारात्मक परिवर्तन ल्याएका स्वयंसेवकबारे । र सन् १९६२ यता झन्डै ४ हजार स्वयंसेवकहरूले नेपालका विद्यालयमा पढाएर वा कृषिमा काम गरेर सेवा गरिसकेका कारण नेपालीहरूसँग सुनाउन धेरै कथा छन् ।

स्वयंसेवकहरू नेपालमा पुन: आउनु अत्यन्त राम्रो कुरा हो । मैले नवआगन्तुक स्वयंसेवकहरूसँग हालसालै भेट गरेको छु र उनीहरू देशभरका समुदायमा जाँदै गर्दा उनीहरूले कोर्ने कथा सुन्न म उत्सुक रहेको छु,” राजदूत थम्पसनले भन्नुभयो ।

गत जेठ महिनामा नेपाल आइपुगेका यी २१ पिस कोर स्वयंसेवकले आफ्नो सेवाको तयारी स्वरूप काभ्रे जिल्लामा ११ हप्‍ता लामो सघन भाषिक, अन्तरसांस्कृतिक र प्राविधिक प्रशिक्षण पूरा गरेका छन् । यिनलाई गण्डकी तथा वाग्मती प्रदेशका पाँच जिल्लामा खटाइएको छ जहाँ यिनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँगको समन्वयमा सरकारी विद्यालयहरूमा अङ्ग्रेजी पढाउनुका साथै खाद्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी परियोजनाहरूमा काम गर्नेछन् ।