२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपमा सबैभन्दा पाका खेलाडी भारतका, गुलशन सबैभन्दा कान्छा



अ+ अ-

एजेन्सी । एसिया कपका लागि भारतीय टोलीको घोषणा भइसकेको छ । प्रतियोगितामा भारतीय टोलीमा सबैभन्दा पाका खेलाडी रहेका छन् । भारतीय खेलाडीको औसत उमेर २९ वर्ष रहेको छ ।

कप्तान रोहित शर्मा (३६ वर्ष ११३ दिन) भारतीय टोलीका सबैभन्दा पाका खेलाडी हुन् । प्रतियोगितामा भाग लिने अन्य टोलीमध्ये बंगलादेशका कप्तान शकिब अल हसन (३६ वर्ष १४१ दिन) मात्र रोहितभन्दा जेठो छन् ।

नेपालका गुलशन झा (१७ वर्ष) एसिया कपको सबैभन्दा कान्छो खेलाडी बन्ने भएका छन् । २२ वर्षको औसत उमेरको साथ, नेपाली टोली प्रतियोगिताको सबैभन्दा कान्छो टोली रहेको छ ।

भारतीय टोलीका ७ खेलाडी ३० नाघे
भारतीय टोलीका ७ खेलाडी ३० वर्ष नाघेका छन् । रोहितका अलावा विराट कोहली (३४ वर्ष), रविन्द्र जडेजा (३४ वर्ष), सूर्यकुमार यादव (३२ वर्ष), मोहम्मद शामी (३२ वर्ष), केएल राहुल (३१ वर्ष) र शार्दुल ठाकुर (३१ वर्ष) ३० भन्दा बढी उमेरका छन् ।

तिलक वर्मा टोलीका कान्छा खेलाडी हुन् । उनी अहिले मात्र २० वर्षका छन् । टोलीको ब्याटिङ, बलिङ र अलराउन्ड युनिटमा ३० वर्षभन्दा माथिका खेलाडी छन् ।

नेपालको टोली सबैभन्दा कान्छो, एक खेलाडी मात्र ३० वर्ष पार
पहिलो पटक एसिया कपमा सहभागी हुन लागेको नेपाल यस सिजनको प्रतियोगिताको सबैभन्दा कान्छो टोली हो । टोलीमा करण केसी मात्र ३१ वर्षका छन् । उनी टोलीका सबैभन्दा पाका खेलाडी हुन् । त्यस्तै गुलशन झा (१७ वर्ष) टोलीमा सबैभन्दा कान्छो खेलाडी हुन् ।

पाकिस्तानका बलर र अलराउन्डर ३० वर्ष मुनिका
पाकिस्तानी टोलीको औसत उमेर २६ वर्ष छ । टोलीका ४ खेलाडी ३० वर्ष नाघेका छन् । जसमा फखर जमान (३३), इफ्तिखार अहमद (३२), ताइब ताहिर (३०) र मोहम्मद रिजवान (३१) ३० वर्ष नाघेका छन् । टोलीमा सबैभन्दा जेठो खेलाडी फखर जमान हुन् । उनी ३३ वर्षका छन् भने नसीम शाह (२० वर्ष) कान्छा हुन् । पाकिस्तानका सबै बलर र अलराउन्डरको उमेर ३० वर्षभन्दा कम छ ।

बंगलादेशका कप्तान यस सिजनका सबैभन्दा पाका खेलाडी
औसत उमेरका आधारमा बंगलादेश तेस्रो स्थानमा छ । टोलीको औसत उमेर २६ वर्ष छ । कप्तान शकिब अल हसन एसिया कपको चालू सिजनका सबैभन्दा पाका खेलाडी हुन् । उनी ३६ वर्षका छन् भने शोरिफुल इस्लाम (२२ वर्ष)टोलीका कान्छा खेलाडी हुन् । टोलीका दुई खेलाडीले ३० वर्ष नाघेका छन् ।

एसिया कप अगस्ट ३० देखि सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा आयोजक पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि सेप्टेम्बर ४ मा नेपालले भारतको सामना गर्नेछ ।