• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र

दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै धेरै ५० हजार सङ्क्रमित



सोल । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै हुदै गएको हो । 

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । देशभरी कुल ४९ हजार ५६७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको कोरिया रोग नियन्त्रण तथा न्युनिकरण विभागले जनाएको छ । यससँगै कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ३१ हजार २३९ पुगेको छ ।

अघिल्लो दिन भने ३६ हजार ७१९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो । अघिल्लो दिनभन्दा झण्डै १३ हजार बढी सङ्क्रमित भएको देखिएको छ । यसका आधारमा दैनिक सङ्क्रमितहरुको बृद्धिदर पनि अत्यधिक धेरै भएको छ । 

नयाँ सङ्क्रमित मध्ये ११ हजार ६३० जना राजधानी सोलका मात्रै रहेका छन् । कुल नयाँ सङ्क्रमित मध्ये २८५ जना गम्भीर अवस्थामा रहेका छन । जवकी अघिल्लो दिन नयाँ सङ्क्रमित मध्ये १७ जना मात्रै गम्भीर अवस्थामा रहेका थिए । 

पछिल्लो एक दिनमा दक्षिण कोरियामा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या छ हजार ९४३ पुगेको छ । (रासस-सिन्ह्वा)