• २६ असार २०८१, बुधबार
  •      Wed Jul 10 2024
  •   Unicode
Logo
Latest
★   चीनमा १०० जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ ★   काम गर्न सक्ने नेतालाई सरकारमा पठाउने एमालेको निष्कर्ष ★   अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालन ★   २४ वर्षपछि फर्किएको ‘ग्लेडिएटर २’को ट्रेलर सार्वजनिक ★   मन्त्रालयको बाँडफाँड भइसकेको छैन, राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिन्छु: ओली ★   प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप ★   बागलुङमा दुग्ध किसानले पाए रु सोह्र लाख अनुदान ★   दर्शकले किन रुचाएनन् ‘मिर्जापुर ३’ ? ★   निजी र दलगत स्वार्थलाई केन्द्रमा राखेर अस्थिरता निम्त्याउने काम भएपछि काँग्रेससँग मिल्यौँ: ओली ★   भारतमा यात्रु बहाक बस र दुध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु

मोबाइल चार्जर किन्दा के कुरामा ध्यान दिने ? जान्नुहोस्



काठमाडौं । मोबाइल बोक्नेहरुका लागि चार्जर महत्वपूर्ण पाटो हो । मोबाइलको चार्जर नक्कली हुँदा यसले मोबाइललाई नै बिगार्छ । चार्जरले ब्याट्रीको आयू घटाउँछ ।चार्जको युएसबी केबल काटियो भने, तानियो भनेपनि यसभित्रको तार चुँडिन सक्छ, जसले गर्दा चार्जर काम नलाग्ने हुन्छ । जब चार्जर बिग्रिन्छ हामी बजारबाट सजिलै चार्जर लिएर त आउँछौं । तर, मोबाइल किन्दा जस्तो राम्रो चार्जर पछि किनेको  हुँदैन । यो सबैले भोगेको र देखेको विषय हो । बजारमा पाईने चार्जरमा मोबाइल किन्दा पाउँने चार्जर जस्तो हुँदैन किनकी जुन कम्पनीको मोबाइल हो त्यो कम्पनीले मोबाइललाई उपयुक्त हुने किसिमको बनाएको हुन्छ । तर, बजारमा किनिने चार्जर सबै मोबाइल अनुकुलको नहुन सक्छ । त्यसैले मोबाइल चार्जर किन्दा केही कुरामा विशेष ध्यान दिनैपर्छ । 

मोबाइलको वाट हेरेर किन्नुपर्छ

केबलमा जति छिटो इनर्जी ट्रान्सफर हुन्छ त्यति नै छिटो चार्ज हुन्छ । यसलाई ‘वाट’ एकाईमा नापिन्छ । मोबाइलको एडप्टर कति वाटको हो त्यो एडप्टरमा लेखिएको हुन्छ । त्यसैले एडप्टर जति वाटको हो त्यही अनुसारको केबल किन्नु जरुरी हुन्छ ।

छोटो केबल ठिक

केबलको लम्बाईमा पनि त्यसको क्षमता लुकेको हुन्छ । लामो केबल प्रयोग गर्दा बाटोमा नै इनर्जी नस्ट हुन सक्छ । त्यसैले चार्जर छान्दा छोटो छान्नु राम्रो हुन्छ ।

कपरको केबल किन्नु राम्रो

बजारमा १०० रुपैयाँदेखिका केबलहरू किन्न पाइन्छन् । किन्नेले पनि सस्तो नै किन्छन् । तर त्यसो गर्नु राम्रो हुँदैन । केबल छान्दा सस्तो भन्दा त्यसमा कपरको प्रयोग भएको छ कि छैन त्यो हेर्नु जरुरी हुन्छ । कपरमा करेन्ट एल्मोनियम वा अन्य धातुमा भन्दा छिटो प्रसारण हुन्छ ।

डाटा ट्रान्सफर स्पिड

हामीले प्रयोग गर्ने चार्जर चार्ज गर्न मात्रै नभएर त्यसबाट डाटा ट्रान्सफर पनि गरिन्छ । त्यसैले केबल किन्नुअघि त्यो क्षमता पनि चेक गर्नु जरुरी हुन्छ । सामान्यतया स्मार्ट फोनमा ४८० एमबिपीएस वा त्यो भन्दा बढी क्षमताको चार्जर प्रयोग गर्नु ठिक हुन्छ । (एजेन्सीको सहयोगमा)