२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुकुल ढकालको टिप्पणी: रविको क्लबबाट निष्कासित भएँ



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री तथा प्रवक्ता बाट हटाईएका मुकुल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् ।

पार्टीले कारबाही गरेपछि सामाजिक संञ्जालमा एक स्टाटस राख्दै ढकालले पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ –रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि !!!

राष्ट्रिय स्वतन्त्र पार्टीकोमंगलवार पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रिय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।