४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

२४ वर्षपछि फर्किएको ‘ग्लेडिएटर २’को ट्रेलर सार्वजनिक

२४ वर्षपछि फर्किएको ‘ग्लेडिएटर २’को ट्रेलर सार्वजनिक
अ+ अ-

एजेन्सी । सन् २००० मा काल्पनिक विधाको हलिउड फिल्म ‘ग्लेडिएटर’ ठूलो पर्दामा रिलिज भएको थियो ।

निर्देशक रिडले स्कटको यो फिल्ममा तत्कालीन सुपरस्टार रसेल क्रोले आफ्नो दमदार अभिनयले सबैको मन जिते र ग्लेडिएटर आफ्नो अद्भुत कथाको आधारमा सफल साबित भयो ।

लामो समयदेखि यो चलचित्रको सिक्वेलको चर्चा चलिरहेको थियो र अहिले ‘ग्लेडिएटर २’ को पछिल्लो ट्रेलरले यो चर्चा झनै बढाएको छ ।

फिल्मको स्टार कास्ट पहिलो भागको तुलनामा पूर्ण रूपमा परिवर्तन भएको छ ।

एक ऐतिहासिक महाकाव्य नाटकमा आधारित चलचित्र ग्लेडिएटर २ को शानदार ट्रेलर सार्वजनिक भएको छ । यस ट्रेलरमा २४ वर्षपछि आएको ग्लेडिएटरको कथालाई नयाँ ढंगले अगाडि बढाइएको देख्न सकिन्छ, जसमा रोमन सेनाका शासक र एक कैदीबीचको रक्तपातपूर्ण द्वन्द्व देखाइएको छ ।

हलिउड अभिनेता पल मेस्कल ग्लेडिएटरको रूपमा आफ्नो क्षमता प्रमाणित गर्दै छन् । उनीहरु बाहेक ग्लेडिएटर २ मा सुपरस्टार पेड्रो पास्कल, डेनजेल वाशिङटन, कोनी निल्सन, डिमोन हाउन्साउ र जोसेफ क्विन जस्ता कलाकारहरु महत्वपूर्ण भूमिकामा देखिएका छन् । ग्लेडिएटरको यो सिक्वेल पनि रिडले स्कटले नै निर्देशन गरेका हुन् ।

यो ट्रेलर हेरेपछि, ग्लेडिएटर पार्ट २ को लागि फ्यानहरुको उत्साह धेरै बढेको छ र सबै यसको रिलिजको लागि उत्सुक छन् । यो चलचित्र २२ नोभेम्बर २०२४ मा विश्वभरका थिएटरहरूमा रिलिज हुनेछ ।