१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा १०० जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ



अ+ अ-

एजेन्सी । चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ ।

चीनको भन्सार कार्यालयले मङगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्धस्वायत्त हङकङबाट सीमावर्ती शहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहरूले ती व्यक्तिलाई रोकेका थिए।”

“निरीक्षणका क्रममा भन्सार अधिकारीले यात्रुले लगाएको ट्राउजरको खल्तीमा छ वटा क्यानभास ड्रस्ट्रिङ ब्याग प्याक गरिएको र टेपले सिल गरिएको भेटिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

“प्रत्येक झोलामा सबै प्रकारका आकार र रङका जीवित सर्प भेटिएका थिए,” प्रतिवेदनमा भनिएको छ ।

अधिकारीले १०४ खस्रो सरीसृपहरू जफत गरेका छन् । जफत गरिएका सर्वमध्ये दूध सर्प, मकै सर्प र अन्य विदेशी प्रजातिहरू थिए ।

भिडियोमा दुई जना सीमा अधिकारी रातो, गुलाबी र सेतो सर्पले भरिएको पारदर्शी प्लास्टिकको झोलामा हेरिरहेको देखिन्छ ।

चीनमा पछिल्लो समय अवैध व्यापारमा कडाई गरेका छन् ।

देशको जैविक सुरक्षा र रोग नियन्त्रण कानूनले मानिसहरूलाई अनुमति बिना गैर–देशी प्रजातिका जनावर ल्याउन निषेध गरेको छ ।