९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्नेकुरा ऐतिहासिक निर्णय हो: अध्यक्ष ढकाल

महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्नेकुरा ऐतिहासिक निर्णय हो: अध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौं । उद्योग वाणिज्य महासंघमा प्रत्यक्ष निर्वाचनबाटै अध्यक्ष चयन हुने भएको छ ।

सोमवार महासंघको केन्द्रिय कार्यसमिति बैठकले महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने निर्णय गरेको हो । महासंघमा यसअघि वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था गरिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनु भयो । उहाँले महासंघ कार्यसमितिको सोमवारको बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने गरी विधान संशोधन गर्नु ऐतिहासिक निर्णय भएको दाबी गर्नुभयो । अध्यक्ष ढकालले महासंघको विधान संशोधन गर्न बनेका दुई वटा विधान संशोधन समितिका सुझावका आधारमा कार्यसमितिबाट सर्वसम्मतिले पारित गरेको बताउनु भयो । उहाँले विगतमा विधान संशोधनका लागि विभिन्न कार्यदल तथा समितिहरु बने पनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको भन्दै आगामी दिनमा अब प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष बन्ने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले अध्यक्ष प्रत्यक्ष निर्वाचित हुँदा संस्थालाई राम्रो हुने ठानेर गएको निर्वाचनकै बेला विधान संशोधनको प्रतिवद्धता अनुसार कार्यसमितिले सर्वसम्मत पारित गरेको बताउनु भयो । उहाँले यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने बताउनु भयो ।

अध्यक्ष ढकालले संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जना र हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको बताउनु भयो । उहाँले महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी महासंघको विशेष साधारणसभामा पेश गरी पारित गर्ने बताउनु भयो । अध्यक्ष ढकालले सबै उद्योग वाणिज्य महासंघ सबै सदस्यहरुको आकांक्षा महासंघको अध्यक्ष प्रत्यक्ष हुनुपर्छ भन्ने रहेको माग कार्यसमितिले पुरा गरेको बताउनु भयो । उहाँले कार्य समितिमा विधानको दफा–दफामा छलफल गरेर सर्वसहमत निर्णय भएको बताउनु भयो । उहाँले महासंघको इतिहासमा सोमवारको निर्णय ऐतिहासिक भएको दाबी गर्नुभयो । उहाँले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधानले निर्वाचित भएपछि महासंघको काममा सक्रियता कम हुने आफैँले अनुभव गरेको बताउनु भयो । उहाँले प्रत्यक्ष निर्वाचित अध्यक्ष हुँदा काम गर्नुपर्ने सक्रियता धेरै फरक हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘उद्योग वाणिज्य महासंघले लामो समयदेखि वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने विधानमा व्यवस्था भयो । त्यसको केही समयमा प्रत्यक्ष अध्यक्ष चयनको प्रणाली लागू हुनुपर्छ भनेर महासंघका जिल्ला उद्योग वाणिज्य संघहरुले आवाज उठाउँदै आएका थिए । पूर्वअध्यक्षको संयोजकत्वमा विधान संशोधनको लागि समितिहरु पनि बनेका थिए । मलाई के फिल भयो भने पूर्वअध्यक्षहरुको संयोजकत्वमा विधान संशोधन समिति बन्ने कार्यान्वयन वर्तमान कार्यसमितिले गर्नुपर्ने हुँदा कता–कता मेल नखाएको हिसावले दुई वटा विधान संशोधन समिति बन्यो । तर विधान संशोधन हुन सकेन । वर्तमान अध्यक्ष र कार्यसमितिले नै विधान संशोधन गर्नुपर्छ भन्ने लागेर अध्यक्ष भएदेखि लागेको थिए । त्यही अनुसार सोमवार कार्यकारिणी समितिले सर्वसहमत रुपमा महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट गर्ने निर्णय गरेको छ । यसले सबै उद्योग वाणिज्य महासंघ सबै सदस्यहरुको महासंघको अध्यक्ष प्रत्यक्ष हुनुपर्छ भन्ने आकांक्षा थियो । कार्यकारिणी समितिमा विधानको दफा–दफामा छलफल गरेर सर्वसहमत निर्णय भएको हो । अध्यक्ष प्रत्येक्ष निर्वाचन गर्ने निर्णयसँगै अन्य नयाँ निर्णयहरु पनि गरेका छौं ।

वरिष्ठ उपाध्यक्ष दुई जना बनाउने,महिला उपाध्यक्षको व्यवस्था गर्ने लगायतका निर्णयहरु सर्वसहमत रुपमा पारित गरेका छौं । यसलाई विशेष साधरण सभामा लैजाने निर्णय भएको छ । महासंघको यो ऐतिहासिक निर्णय हो । निर्णय भएसँगै उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष लगायत महासंघप्रति चासो राख्ने सबैले धेरै राम्रो काम भयो भन्नुभयो । वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधानले निर्वाचित भएपछि महासंघको काममा सक्रियता कम हुने देखिएको छ । अध्यक्षमा प्रत्येक्ष निर्वाचन भएर जाँदा काम गर्नुपर्ने सक्रियता धेरै फरक हुन्छ । तीनदेखि चार कार्यकाल हेरौं । यसबाट महासंघका सदस्यहरुले वरिष्ठ उपाध्यक्षहरुबाट त्यस्तो अनुभव गरेको देखिन्छ । जिल्ला नगरका सदस्यहरुले वरिष्ठ उपाध्यक्ष हुँदा जिल्लाका मुद्धाहरुलाई सक्रियता नदिएको भन्ने भएकाले प्रत्येक्ष निर्वाचित अध्यक्ष हुनुपर्ने उहाँहरुको विशेष माग थियो ।’

उहाँले महासंघमा समानुपातिक र समावेशी बनाउने गरी विधान संशोधन गरेर अघि बढेको उल्लेख गर्नुभयो । अध्यक्ष ढकालले जिल्ला नगरका अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षलाई भोट हाल्ने तर भोट नहालेको व्यक्ति अध्यक्ष भएकाले विधान संशोधन गर्न माग गरेको बताउनु भयो । उहाँले जिल्ला तहको नेतृत्व परिवर्तन भएपछि वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था भएकाले विधान संशोधन गरी प्रत्यक्ष निर्वाचित अध्यक्षसँग जिल्ला नगर सदस्यहरुको माग रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल