२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयको बाँडफाँड भइसकेको छैन, राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिन्छु: ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँड भइ नसकेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेस र नेकपा एमालेबीच कुनैपनि मन्त्रालयको भागबण्डा नभइसको भन्दै को—को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताउनु भयो । उहाँले काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताउनु भयो । उहाँले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरुलाई पनि समेटेर जानेगरी छलफल भइरहेको बताउनु भयो । उहाँले सामान्यत: स्ट्रेन्थको आधारमा पार्टीहरुलाई स्थान निर्धारण गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रालयको बाँडफाँड पनि भइसकेको छैन । यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय । कोको सरकारमा सामेल हुने भन्नेकुरा साधारणतया हैसियतको आधारमा, काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन् । सामान्यत: स्ट्रेन्थको आधारमा पनि पार्टीहरुलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ । त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ । राष्ट्रिय उत्पादन वृद्धि गर्न सकेनौँ भने आयात त वृद्धि भइरहने भयो । निर्यात हुने नै भएन । व्यापार सन्तुलनका कुरा नै अवरुद्ध हुन्छन् । सबै कुरा निर्भर गर्दछ, राष्ट्रिय उत्पादन वृद्धिले । हाम्रो अहिले उद्यमशिलतामा ध्यान जानु,कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रीकीकरणमा जोड दिनु र व्यवसायिकतामा ध्यान दिनु, उद्यमशिलता, उद्योगीकरण, आधुनिकीकरण, प्रविधिको प्रयोगमा जोड दिनु आजको आवश्यकता हो । उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनु आजको आवश्यकता हुन् । शिक्षालाई बढी व्यहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता हो । जनतालाई केन्द्र भागमा राखेर काम गर्नेछौँ ।’

अध्यक्ष ओलीले राष्ट्रिय उत्पादन वृद्धि गर्न विशेष जोड दिने बताउनु भयो । उहाँले उद्यमशिलतामा, कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रीकीकरणमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनुपर्ने पनि बताउनु भयो । जनतालाई केन्द्र भागमा राखेर काम गर्ने पनि बताउनु भयो । उहाँले शिक्षालाई बढी व्यहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता भएको बताउनु भयो ।