• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

दर्शकले किन रुचाएनन् ‘मिर्जापुर ३’ ?



एजेन्सी । रिलिज हुनुअघि निकै चर्चा कमाएको मिर्जापुरको तेस्रो संस्करण अर्थात् ‘मिर्जापुर ३’ रिलिज भइसकेको छ । यस सिजनमा, एपिसोडहरू अघिल्ला दुई सिजनहरू भन्दा लामो थिए, अर्थात् प्रत्येक एक घण्टाको १० एपिसोडहरू ।

यस वेब सिरिजका पहिलो दुई भाग निकै हिट भएका थिए, त्यसैले निर्माताहरूले पछिल्लो चार वर्षदेखि सिजन ३ को लागि निकै माहौल बनाएका थिए । तर यो सिजनले त्यति राम्रो प्रतिक्रिया पाउन सकेन ।

यसै सन्दर्भमा यहाँ केही त्यस्ता कुराहरुको चर्चा गरौं जसले यस सिरिजको अघिल्ला दुई सिजनभन्दा यो सिजन केही फितलो बनायो ।

‘मुन्ना भैया’को अनुपस्थिति
जब यो सिरिज सुरु भयो, ‘मुन्ना भैया’ले सबैभन्दा धेरै हाइप बनाए । उनले बाहुबलीको बिग्रेको छोराको बलियो भूमिका निभाएका थिए । सिजन १ र २ मा उनको दबदबा देखियो र मानिसहरूले यसलाई धेरै मन पराए । यो पात्रको आफ्नै फ्यान फलोइङ छ । उनका संवादहरू जस्तै ‘अबे पढ़ाई–लिखाई करो आईएएस वाईएएस बनो देश को संभालो ‘लेकिन नहीं…।’ उनको यो स्टाइललाई फ्यानहरुले धेरै मिस गरेका छन् । यो सिजनको सबैभन्दा ठूलो मिसिङ फ्याक्टर ‘मुन्ना भैया’ हो ।

आकर्षक पात्रहरू छैनन्
मिर्जापुरको पछिल्लो दुई सिजनमा यस्ता कैयौं पात्र थिए जसले आफ्नो क्यारेक्टरबाट दर्शकलाई मनोरञ्जन दिएका थिए । जस्तै रबिन, ललित, लाला आदि । यो सिजनमा रोबिन र लालामा खासै ध्यान थिएन । त्यसैगरी सिरिजमा दर्शकलाई मनोरञ्जन दिने खालका नयाँ पात्र पनि आएका छैनन् ।

दमदार संवादको अभाव
मिर्जापुरका अन्तिम दुई भागका संवादहरू निकै बलियो थिए । रोबिन, रउफ लाला, मुन्ना भैयाको संवाद ।। यसपाली यस्तै खालका केही संवादहरु देखिएनन् । यस सिजनमा अत्याधिक दुर्व्यवहारको आरोप पक्कै पनि थियो । सामान्य भाषामा के प्रचलित छ भनेर देखाउन धेरै गालीहरू प्रयोग गरिएको छ ।

कालिन भैयाको कम स्क्रिन टाइम
गत सिजनमा कालिन भैया, गुड्डु पण्डितको गोलीबाट घाइते भएका थिए । उनलाई सरद शुक्ला र त्यागीले बचाएका थिए । यो सिजन उनको उपचार भइरहेको थियो । यस्तो अवस्थामा यसपटक कालिन भैयाको चरित्रमा खासै मेहनत गरिएको छैन ।

यो सिजन उनले कुनै पनि प्रकारको लडाइँ गरेको देखिएन । कालिन भैया यस सिरिजको जीवन हुन्, त्यसैले उनको भूमिकालाई कम गर्दा पक्कै पनि आकर्षण हटेको छ ।

लामो एपिसोडहरू
अब यस सिजनमा धेरै ग्रिपिङ नहुँदा यति लामो एपिसोडहरू देखाइँदा पक्कै बोरिङ हुनेछन् ।यसअघिका दुवै शृङ्खला ८ एपिसोडमा सम्पन्न भएका थिए तर यसपटक १० एपिसोडमा विस्तार गरिएको छ । यस्तो अवस्थामा, यो पनि बोरिंग महसुस गर्न एक कारण हो ।