२१ आश्विन २०८१, सोमबार
,
Latest
मादक पदार्थ सेवन छाड्नेलाई नगदसहित सम्मान सेवाग्राहीलाई प्रसुती तथा स्त्रीरोग अस्पतालले भन्यो: दशैं/तिहार विदामा पनि उपचार हुन्छ दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित विकास र विपत्तिमा राजनीति नगर्न गृहमन्त्री लेखकको आग्रह सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले मुकुललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटायो



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रिय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गरेको हो । पार्टीको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनिषा झाले केन्द्रिय समितिमा भएको छलफलका आधारमा निजबाट पार्टीको आचारसंहीताको दफा ४ (१) को क,ख,च, प र फ एवं दफा ४ (२) को ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क,ख,ग,घ समेतको उल्लंघन भएको ठहर गरेको बताउनु भयो । उहाँले त्यसबाट पार्टीलाई पुगेको क्षतिलाई समेत विश्लेषण गर्दै केन्द्रिय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई समेत ध्यानमा राखि निजलाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखि पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रिय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय भएको बताउनु भयो । उहाँले पार्टी विधानको धारा ५७ बमोजिम निज उपर केन्द्रिय समितिले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय समितिमा भएको छलफलका आधारमा निजबाट पार्टीको आचारसंहीताको दफा ४ (१) को क,ख,च, प र फ एवं दफा ४ (२) को ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क,ख,ग,घ समेतको उल्लंघन भएको ठहर तथा सो बाट पार्टीलाई पुगेको क्षतिलाई समेत विश्लेषण गर्दै केन्द्रिय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई समेत ध्यानमा राखि निजलाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखि पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रिय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय भएको छ । साथै पार्टी विधानको धारा ५७ बमोजिम निज उपर केन्द्रिय समितिले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय गरियो ।’

पार्टीको अनुशासन आयोगले भने पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्न सुझाव दिएको थियो । —न्युज एजेन्सी नेपाल