३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मोबाइल चार्जर किन्दा के कुरामा ध्यान दिने ? जान्नुहोस्

मोबाइल चार्जर किन्दा के कुरामा ध्यान दिने ? जान्नुहोस्
अ+ अ-

काठमाडौं । मोबाइल बोक्नेहरुका लागि चार्जर महत्वपूर्ण पाटो हो । मोबाइलको चार्जर नक्कली हुँदा यसले मोबाइललाई नै बिगार्छ । चार्जरले ब्याट्रीको आयू घटाउँछ ।चार्जको युएसबी केबल काटियो भने, तानियो भनेपनि यसभित्रको तार चुँडिन सक्छ, जसले गर्दा चार्जर काम नलाग्ने हुन्छ । जब चार्जर बिग्रिन्छ हामी बजारबाट सजिलै चार्जर लिएर त आउँछौं । तर, मोबाइल किन्दा जस्तो राम्रो चार्जर पछि किनेको  हुँदैन । यो सबैले भोगेको र देखेको विषय हो । बजारमा पाईने चार्जरमा मोबाइल किन्दा पाउँने चार्जर जस्तो हुँदैन किनकी जुन कम्पनीको मोबाइल हो त्यो कम्पनीले मोबाइललाई उपयुक्त हुने किसिमको बनाएको हुन्छ । तर, बजारमा किनिने चार्जर सबै मोबाइल अनुकुलको नहुन सक्छ । त्यसैले मोबाइल चार्जर किन्दा केही कुरामा विशेष ध्यान दिनैपर्छ । 

मोबाइलको वाट हेरेर किन्नुपर्छ

केबलमा जति छिटो इनर्जी ट्रान्सफर हुन्छ त्यति नै छिटो चार्ज हुन्छ । यसलाई ‘वाट’ एकाईमा नापिन्छ । मोबाइलको एडप्टर कति वाटको हो त्यो एडप्टरमा लेखिएको हुन्छ । त्यसैले एडप्टर जति वाटको हो त्यही अनुसारको केबल किन्नु जरुरी हुन्छ ।

छोटो केबल ठिक

केबलको लम्बाईमा पनि त्यसको क्षमता लुकेको हुन्छ । लामो केबल प्रयोग गर्दा बाटोमा नै इनर्जी नस्ट हुन सक्छ । त्यसैले चार्जर छान्दा छोटो छान्नु राम्रो हुन्छ ।

कपरको केबल किन्नु राम्रो

बजारमा १०० रुपैयाँदेखिका केबलहरू किन्न पाइन्छन् । किन्नेले पनि सस्तो नै किन्छन् । तर त्यसो गर्नु राम्रो हुँदैन । केबल छान्दा सस्तो भन्दा त्यसमा कपरको प्रयोग भएको छ कि छैन त्यो हेर्नु जरुरी हुन्छ । कपरमा करेन्ट एल्मोनियम वा अन्य धातुमा भन्दा छिटो प्रसारण हुन्छ ।

डाटा ट्रान्सफर स्पिड

हामीले प्रयोग गर्ने चार्जर चार्ज गर्न मात्रै नभएर त्यसबाट डाटा ट्रान्सफर पनि गरिन्छ । त्यसैले केबल किन्नुअघि त्यो क्षमता पनि चेक गर्नु जरुरी हुन्छ । सामान्यतया स्मार्ट फोनमा ४८० एमबिपीएस वा त्यो भन्दा बढी क्षमताको चार्जर प्रयोग गर्नु ठिक हुन्छ । (एजेन्सीको सहयोगमा)