• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

चेल्सी वेस्टहामसँग पराजित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा चेल्सी वेस्टहाम युनाइटेडसँग १–३ गोलले स्तब्ध बनेको हो । आक्रामक रुपमा क्लबमा स्टार खेलाडीहरु भित्र्याएको चेल्सीले जित निकाल्न सकेन ।

घरेलु मैदान लण्डन स्टेडियममा वेस्टहामलाई जित दिलाउन खेलको ७ औं मिनेटमा नाएफ अगेर्ड, ५३ औं मिनेटमा मिसेल एन्टोनिओले र ९०+५ औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे ।

चेल्सीका कार्नी चुकुएमेकाले २८ औं मिनेटमा गोल गरेका थिए । उनको गोल सान्तवना गोलमात्रै बन्यो । ६७ औं मिनेटमा नाएफ अग्वेर्ड रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेस्टहाम १० खेलाडीमा समेटिएको थियो ।

२ खेलमा ४ अंक जोडेको वेस्टहाम तालिकाको छैटौं स्थानमा छ । चेल्सी भने समान खेलबाट १ अंकका साथ १५ औं स्थानमा छ ।