६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकपको फाइनल आज, उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दै



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप २०२३ को फाइनल आज आइतबार हुँदैछ । उपाधिका लागि स्पेन र इंग्ल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।

स्पेन र इंग्ल्याण्डबीचको फाइनल खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे हुनेछ । दुबै टोली फाइनलमा जित निकाल्दै पहिलो पटक उपाधि जित्ने दाउमा छन् । महिला विश्वकपमा इंग्ल्याण्ड सन् २०१५ मा तेस्रो र २०१९ मा चौंथो भएको थियो ।

यता स्पेन भने सेमिफाइनलदेखि फाइनलसम्मको यात्रा पहिलो पटक रहेको छ । सेमिफाइनलमा स्पेनले स्वीडेनलाई तथा इंग्ल्याण्डले अष्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । यसैबीच, शनिबार स्वीडेनले अष्ट्रेलियालाई २–० गोलले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

सन् १९९१ देखि सुरु भएको महिला विश्वकपमा अमेरिका सर्वाधिक सफल टोली हो । उसले ४ पटक उपाधि जितेको छ । यस्तै, जर्मनीले २ पटक उपाधि जित्दा नर्वे र जापानले एक–एक पटक उपाधि जितेका छन् ।