२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमद्वारा म्यान्चेस्टर युनाइटेड पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहमले युनाइटेडलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन खेलको ४९ औं मिनेटमा पेप माटर सारले गोल गरे । एक गोल भने टोटेनहमले उपहारस्वरुप पायो । खेलको ८३ औं मिनेटमा युनाइटेडका लिसान्ड्रो मार्टिनेजले आत्मघाती गोल गर्न पुगेका थिए ।

२ खेलबाट १ जित र एक बराबरीको नतिजा निकालेको टोटेनहम तालिकाको पाँचौं स्थानमा रहेको छ । समान खेलबाट ३ अंकका साथ युनाइटेड भने १० औं स्थानमा छ ।