२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुन्डेसलिगा डेब्युमा ह्यारी केनको गोल र असिस्ट



अ+ अ-

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले वेर्डर ब्रेमेनलाई उसकै मैदानमा ४–० गोलले पराजित गरेको हो । बायर्नलाई फराकिलो जित दिलाउन लेरोई सानेले २ गोल गरे भने ह्यारी केन र माथिस टेलले एक–एक गोल गरे ।

खेलको चौंथो मिनेटमा सानेको गोलबाट बायर्नले सुरुवाती अग्रता बनाएको थियो । ७४ औं मिनेटमा केनको गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । यस्तै, ९० औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा बायर्न ३–० ले अघि रह्यो ।

अन्तिम समयतिर खेलको इन्जुरी समयमा टेलले गोल थप्दै बायर्नलाई सिजनको पहिलो खेलमा ४–० गोलको जित दिलाए । यसै सिजन करिब १०० मिलियनमा बायर्न आएका इंग्ल्याण्डका कप्तान ह्यारी केनको बुन्डेसलिगा डेब्यु सफल रह्यो ।

उनले एक गोल तथा सानेको पहिलो गालमा असिस्ट प्रदान गरे । जितसँगै बायर्नले पहिलो खेलबाट ३ अंक जोडेको छ । ब्रेमेनले भने हारबाट लिगको सुरुवात गरेको छ ।