१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुन्डेसलिगा डेब्युमा ह्यारी केनको गोल र असिस्ट



अ+ अ-

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले वेर्डर ब्रेमेनलाई उसकै मैदानमा ४–० गोलले पराजित गरेको हो । बायर्नलाई फराकिलो जित दिलाउन लेरोई सानेले २ गोल गरे भने ह्यारी केन र माथिस टेलले एक–एक गोल गरे ।

खेलको चौंथो मिनेटमा सानेको गोलबाट बायर्नले सुरुवाती अग्रता बनाएको थियो । ७४ औं मिनेटमा केनको गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । यस्तै, ९० औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा बायर्न ३–० ले अघि रह्यो ।

अन्तिम समयतिर खेलको इन्जुरी समयमा टेलले गोल थप्दै बायर्नलाई सिजनको पहिलो खेलमा ४–० गोलको जित दिलाए । यसै सिजन करिब १०० मिलियनमा बायर्न आएका इंग्ल्याण्डका कप्तान ह्यारी केनको बुन्डेसलिगा डेब्यु सफल रह्यो ।

उनले एक गोल तथा सानेको पहिलो गालमा असिस्ट प्रदान गरे । जितसँगै बायर्नले पहिलो खेलबाट ३ अंक जोडेको छ । ब्रेमेनले भने हारबाट लिगको सुरुवात गरेको छ ।