१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति

नेपालीहरुको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किन सक्छ: जगमान गुरुङ

नेपालीहरुको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किन सक्छ: जगमान गुरुङ
अ अ+ अ-

काठमाडौं । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पुर्‍याउनसके र नेपालीहरुको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किनसक्ने बताउनुभएको छ । रोल…

बिहीवार काठमाडौंमा आयोजित थाइल्याण्डमा नेपालीहरुको इतिहास लोकर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल र थाइल्याण्डबीच सबैकुरा समान भएको तर राजसंस्था नेपालमा नभएको बताउनु भयो । उहाँले अब नेपालमा आउने राजा नेपाली माथि दण्ड बजार्ने, शासन गर्ने नभइ नेपालका विविध समुदायबीचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा राजा आउनसक्ने उल्लेख गर्नुभयो । उहाँले नेपालमा राजा आएसँगै नेपाल र थाइल्याण्ड पुन: सबै किसिमबाट समान हुने बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बौद्ध धर्म, भगवान शाक्यमुनि, राम सीता, रामायाण संस्कृति नेपालको पनि त्यही हो र थाइल्याण्डको पनि त्यही हो । थाइल्याण्डमा राजतन्त्र छ, नेपालमा राजतन्त्र छैन फरक त्यत्ति हो । तर यदी राजाले बुद्धि पुर्‍याउन सक्यो भने, हु इज हु भन्ने मान्छे चिन्न सक्यो भने नेपालीहरुको पनि चेत खुल्यो भने नेपालमा फेरि पनि राजतन्त्र फर्किन सक्छ । तर अब आउने राजा नेपाली माथि दण्ड बजार्ने, शासन गर्ने होइन, नेपालका विविध समुदायबीचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा राजा आउनसक्छ । त्यसपछि फेरि थाइल्याण्ड र नेपाल बराबर हुन्छ । नेपालले मान्छे बेचेर खान्छ तर थाइल्याण्डले मान्छे बेचेर खाँदैन । खुशीयाली छ । कलियुगमा मान्छेको मासु मान्छेले खान्छ रे, पहिला दासदासी कमारा, कमारी बनाएर बेच्थे, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाएको छ । संकुचित भावना छ ।’

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री मिथिला शर्माले गीत, संगीत र भाषाको माध्यमबाट एकअर्कालाई जोडेर संसारभरका नेपालीहरुको एउटा माला बन्नुपर्ने बताउनु भयो । उहाँले नेपालीहरुले जहाँ गएपनि गर्वका साथ म नेपाली हुँ भन्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गीत, संगीत र भाषाको माध्यमबाट एकअर्कालाई जोडेर सम्पूर्ण संसारभरका नेपालीहरुको एउटा माला बन्नुपर्छ । जहाँ गएपनि गर्वका साथ म नेपाली हुँ भन्न सक्नुपर्छ ।’

अभिनेत्री शर्माले नेपाली जातिलाई जोगाइराख्ने दायित्व सबै नेपालीहरुको भएको बताउनु भयो ।