• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन ★   करेन्ट लागेकालाई बचाउन खोज्नेको मृत्यु, अर्का घाइते

सेभियालाई हराउँदै सिटीले जित्यो सुपर कपको उपाधि



एजेन्सी । युइएफए सुपर कपको उपाधि इंग्लिस क्लब म्यान्चेस्टर सिटीले जितेको छ । गएराति भएको फाइनल खेलमा स्पेनिस क्लब सेभियालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

ग्रीसको काराइस्काकीस स्टेडियममा भएको फाइनलमा सुरुवाती अग्रता भने सेभियाले लिएको थियो । उसका लागि खेलको २६ औं मिनेटमा युसेफ एन नेसीरीले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ६३ औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीसँर्ग खेलको विजेताको टुंगो पेनाल्टीबाट लाग्यो । पेनाल्टीमा सिटीका एर्लिङ हालाण्ड, युलियन अल्भारेज, माटीओ कोभाचिच, ज्याक ग्रिलिस र किले काल्करले गोल गरे ।

सेभियाका लुकास ओकाम्पोस, राफा मिर, इभान राकिटिच, गोन्जालो मोल्टेइलले गोल गर्दा नेमान्जा गुडेल्ज गोल गर्न चुके । सुपर कपमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले प्रतिस्पर्धा गर्छन् ।

साथै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सिटीबाट १५ ट्रफि जित्न सफल भएका छन् । यसअघि उनले स्पेनिस क्लब बार्सिलोनाबाट १४ ट्रफि जितेका थिए । अर्कोतर्फ ग्वार्डिओला बार्सिलोना (२ पटक), बायर्न म्युनिख र म्यान्चेस्टर सिटी गरी तीन क्लबबाट सुप कप जित्ने प्रशिक्षक समेत बनेका छन् ।

योसँगै सिटी प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग र सुपर कप गरी ४ वटा ट्रफि जित्न सफल रह्यो ।