२१ मंसिर २०८२, आईतवार
,
Latest
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु गोरखाको रिपुम गुम्बामा आगालागी सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा आवश्यक छ स्पष्ट नीति एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा



अ+ अ-

एजेन्सी । इंग्ल्याण्ड फिफा महिला विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा आयोजक अष्ट्रेलियालाई स्तब्ध पार्दै इंग्ल्याण्डले फाइनलमा स्थान बनाएको हो ।

सिड्नी ओलम्पिक स्टेडियममा भएको खेलमा इंग्ल्याण्ड ३–१ गोलले विजयी बन्यो । इंग्ल्याण्डलाई जित दिलाउन खेलको ३६ औं मिनेटमा एला टुन, लरेन हेम्प र ८६ औं मिनेटमा एलेसिया रुसोले गोल गरिन् ।

यता, ६३ औं मिनेटमा साम केरले गरेको गोल अष्ट्रेलियाका लागि सान्त्वना गोल बन्न पुग्यो ।

इंग्ल्याण्डले अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ ।